गगनलाई देउवाको जवाफः धेरै बोल्नेले आफैंलाई सिध्याउँछ,थोरै बोल्नेले अरुलाई सक्छ

काठमाण्डु टुडे २०८१ मंसिर २२ गते १८:१६ मा प्रकाशित

काठमाण्डु, २२ मंसिर– कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापाप्रति लक्षित गर्दै धेरै बोल्ने नेता आफैं सकिने टिप्पणी गरेका छन् ।

विराटनगरमा शनिबार काँग्रस कोशी प्रेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्न क्रममा देउवाले त्यस्तो बताएका हुन् ।

थापाले मन्तव्य राख्ने क्रममा सभापति देउवा कम बोल्ने बताएका थिए । वक्ता धेरै भएपछि एक पदाधिकारीलाई बोल्न १३ मिनेट समय छुट्याइएको थियो । महामन्त्री थापाले तोकिएको समयमा आफ्ना अभिव्यक्ति नसकेपछि थप केही मिनेट समय लिए ।

‘हाम्रो सभापतिजी थोरै बोल्नुहुन्छ । उहाँको पनि थोरै समय मैले लिएको हुँ’, मन्तव्य टुंग्याउनुअघि थापाले भनेका थिए । उनको कुरा सुनेर हलमा हाँसो फैलियो । सभापति देउवा स्वयं हाँसे ।

त्यसको जवाफ देउवाले आफ्नो बोल्ने पालोमा दिए । उनले बढ िबोल्नेले आफूलाई र कम बोल्नेले अरुलाई सिध्याउने बताए ।

‘महामन्त्रीले मलाई कम बोल्ने भन्नुभयो । ठीकै हो । बढी बोल्ने मानिस आफू सकिन्छ । तर, कम बोल्नेले अरूलाई सक्छ’, देउवाले भने ।

देउवाको कुरा सुनेर पनि प्रतिनिधिहरुको हाँसोले कार्यक्रमस्थल गुञ्जियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us