विदुर, २३ मंसिर– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु नुवाकोटको अध्यक्षमा फैसल दिन सर्वसमत चयन भएका छन । हिजो (शनिबार) भएको १८ औँ जिल्ला अधिवेशनबाट दिनको नेतृत्वमा ३१ सदस्यीय कमिटी चयन गरीएको थियो ।
तर अध्यक्ष मण्डलकाे एकलौटी निर्णयलाई अस्वीकार गर्दै पनुः नयाँ कमिटी निमार्ण गरीएको हो । हिजो भएको अधिवेशनमा अध्यक्ष मण्डल र निर्वाचन कमिटीको सुंयुक्त छलफलमा सहमति हुन सकेको थिएन् । सहमति हुन नसके पछि निर्वाचन मण्डलका अध्यक्ष लालबहादुर बुढा थोकी कार्यक्रम स्थलबाट भागेर काठमाण्डु आइ एकलैटी निर्णय गर्दै कमिटी धोषणा गरेका थिए ।
उक्त कमिटीको निर्णयलाई अस्वीकार गर्दै आज फरी नयाँ कमिटी धोषणा गरीएको हो । जस अनुसार अध्यक्षमा पुनः फैसल दिन उपाध्यक्षमा अनिश प्याकुरेल, दिनेश राज वाग्ले र सन्तोष अधिकारी (सर्गम) सचिवमा कमल तिमिल्सिना, कोषध्यक्षमा पुष्पा धमला र सह–सचिवममा विनोद घिमिरे, जिवन लामा र अर्जुना लामिछाने सर्वसम्मत चयन भएको निर्वाचन मण्डलले जानकारी दिएको छ ।
यस्तै दिनको नेतृत्वमा ३१ सदस्यीय नयाँ ठोली गठन भएको पनि निर्वाचन मण्डलले जानकारी दिएको छ । अध्यक्ष दिन लामो समयदेखि अनेरास्ववियुको राजनीतिमा सक्रिय रहेका थिए ।