सरकारबाट जनताले देख्ने गरी काम भएको छः शंकर पोखरेल

काठमाण्डु टुडे २०८१ मंसिर २३ गते ८:०० मा प्रकाशित

दाङ, २३ मंसिर– एमाले महासचिव शंकर पोखरेलले सरकारले जनताले देख्ने गरी काम गरेको दाबी गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१९ को प्रशासनिक भवनको उद्घाटन गर्दै शनिबार पोखरेलले पछिल्लो समय विकासमा धेरै उपलब्धी हासिल भएको दाबी गरेका हुन् ।

नेपालमा केही भएन भनेर जनतामा निराशा र अराजकता फैलाउनु गलत भएको उनको भनाइ थियो ।

पोखरेलले राजनीतिक अस्थिरताका कारण विकासमा केही समस्या भएपछि काँग्रेस र एमाले मिलेर सरकार बनाएको तर्क गरे ।

पोखरेलले
सडक, बाटोघाटो, शिक्षा, स्वास्थ्य र अत्यावश्यक पूर्वाधारमा उल्लेख्य प्रगति भएको जिकिर गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us