बुटवल, २३ मंसिर– रुपन्देहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
लु३त६५४१ नम्बरको ट्याक्टर मायादेवी गाउँपालिका– ८ प्रदीपनगरमा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा चालक मायादेवी–६ का ३५ वर्षीय रामकृष्ण कुर्मीको रहेको प्रहरीले जनाएको छ ।
इँटा झारेर फर्कने क्रममा ट्याक्टर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।