टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाण्डु टुडे २०८१ मंसिर २३ गते ७:४८ मा प्रकाशित

सुनसरी, २३ मंसिर– सुनसरीको हरिनगर गाउँपालिका–४ मा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

को१ख ६४३१ नम्बरको टिपरले हरिनगरको मुख्य बजारस्थित भित्री सडकमा ठक्कर दिँदा देवानगञ्ज गाउँपालिका–७ बस्ने ४५ वर्षीय झलु उरावको मृत्यु भएको हो ।

सुनसरी प्रहरीका एसपी मनकुमार तिमल्सिनाले टिपरको ठक्करबाट साइकल यात्रीको घटनास्थलमै मृत्यु भएको बताए । घटनापछि स्थानीयले टिपरमा आगजनी प्रयास गरेका थिए ।

त्यस क्रममा भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको उनले बताए ।

ठक्कर दिने टिपर र चालक इटहरी उपमहानगपालिका–१६ का ३३ वर्षीय अब्दुल रहमान अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us