काठमाण्डु, २३ मंसिर– प्रधानमन्त्री केपी ओली आज गृहजिल्ला झापा जाँदैछन् ।
ओली जहाजमार्फत बिहान ११ बजे चन्द्रगढी विमानस्थलमा उत्रने छन् ।
ओलीले आजै ‘भ्यूटावर’ का नामले चर्चित १८ तले ‘दमक बिजनेस कम्प्लेक्स’ को उदघाटन गर्ने कार्यक्रम छ ।
उक्त भवन ओलीको निर्वाचन क्षेत्रमा पर्छ ।
१ अर्ब ४५ करोड सरकारी खर्चमा आफ्नो निर्वाचन क्षेत्रमा भ्यू टावर बनाएको भन्दै ओलीको आलोचना हुँदै आएको छ ।
ओलीले गृहजिल्लमा दुई दिन बिताउने उनको सचिवालयले जनाएको छ ।