देशको परिवर्तनमा शिक्षकको ठूलो भूमिका छः सभामुख

काठमाण्डु टुडे २०८१ मंसिर २२ गते १८:२३ मा प्रकाशित

ललितपुर, २२ मंसिर– सभामुख देवराज घिमिरेले शिक्षालाई ठीक ढंगले लैजान सकेमात्र समाजका सबै समस्या हल गर्न सकिने बताएका छन् ।

‘शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ को ललितपुरको जावलाखेलमा आयोजित १६औँ वार्षिक साधारणसभामा शनिबार सभामुख घिमिरेले शिक्षाको ज्ञान र चेतना भर्ने शिक्षकले समाजलाई कता लैजाने भन्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

‘शिक्षक शिक्षाको चेतना भर्ने समाजका अगुवा हो । आफू जलेर समाजलाई अगाडि बढाउने शिक्षकले समाजको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । समाज परिवर्तनमा शिक्षकले धेरै काम गरेका छन् । राजनीतिक विभाजनले गर्दा शिक्षा क्षेत्रमा धेरै प्रगति हुन सकेको छैन । परिवर्तनका लागि शिक्षकहरू एक ठाउँमा उभिनु जरूरी छ,’ सभामुख घिमिरेले भने ।

उनले शिक्षकहरूको हीतका लागि सानोसानो पूँजी जुटाएर काम गरेको सहकारी संस्थाले उत्कृष्ट काम गर्दै देशभर अगुवाई गरेर अगाडि बढेकोमा खुसी व्यक्त गरे ।
‘धेरै प्रयत्न गरिएको छ । राजनीतिक दलहरूबीच छलफल गरी आधारभूत कुराहरू टुंगोमा पु¥याएर निकास दिने तयारीमा छौँ,’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us