काठमाण्डु, २८ भदौ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा स्थायी सरकार आवश्यक रहेको बताएका छन् । स्थायी सरकारबिना मुलुकका अगाडि विद्यमान समस्याको समाधान सम्भव नरहेको उनको भनाइ छ । उनले आसन्न संविधानसभा निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत दिन पनि आमजनतालाई अपिल गरे । ‘देशको...
काठमाण्डु, २८ भदौ – सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधानसभा निर्वाचन नहुन्जेलसम्म खिलराज रेग्मी नेतृत्वको वर्तमान सरकार कुनै पनि हालतमा परिवर्तन नहुने ठोकुवा गरेका छन् । काठमाण्डुमा शुक्रबार भएको एक कार्यक्रममा उनले आफूहरुले पनि सम्झौता गरेर निर्वाचनको लागि बर्तमान सरकार स्विकार गरेकोले सरकार परिवर्तन...
मलंगवा, २८ भदौ – सर्लाही नापी कार्यालयमा अखिल तराई मुक्ति मोर्चाले शुक्रबार बम विष्फोट गराउँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई काठमाडौं रिफर गर्ने तयारी भैरहेको छ । अन्यको भने जिल्ला अस्पताल मलंगवामा उपचार भैरहेको छ...
विराटनगर, २८ भदौ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी संविधानसभा निर्वाचनबाट गणतन्त्र वा राजतन्त्रबारे छिनोफानो हुने बताएका छन् । मोरङको विराटनगरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले जनताको चाहना विपरित राजतन्त्र फ्याँकिएको दावी गर्दै अबको चुनावले गणतन्त्रको भविष्य निर्धारण गर्ने बताए...
जाजरकोट, २८ भदौ – बहुला कुकुरको टोकाइबाट जाजरकोटमा बाबुछोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ढिमे गाविस–१ का ५५ वर्षीय बलबहादुर थापा र उनकी २२ वर्षीया छोरी हरिकला छन् । रेबिजविरुद्धको भ्याक्सिन नलगाउँदा उनीहरुको मृत्यु भएको हो । रेबिज लागेको कुकुरले ढिमे गाविसमा एक...
काठमाण्डु २८ भदौ–एकीकृत नेकपा माओवादीले कार्यकर्ता पक्राउको विरोधमा काठमाण्डु उपत्यकालगायत देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ । द्वन्द्वकालका घटनामा आफ्ना नेता कार्यकर्ताविरुद्ध लगाइएका मुद्दा खारेज र पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै एमाओवादीले देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको हो । जिल्ला प्रशासन...
काठमाण्डु, २८ भदौ– राष्ट्रपति रामवरण यादवको अग्रसरतामा संविधानसभा निर्वाचनबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ । बैठक अपराह्न २ बजे शीतलनिवासमा बस्ने राष्ट्रपति कार्यालयले जनाएको छ । उच्चस्तरीय राजनीतिक समितिको निर्णयअनुसार सरकारले संविधानसभा सदस्य संख्या ६०१ बनाउने गरी संविधान संशोधन तयारी गरिरहेका बेला राष्ट्रपतिले...
काठमाण्डु, २८ भदौ– वरिष्ठ लोकगायक तीर्थबहादुर गन्धर्वको ६० वर्षको उमेरमा निधन भएको छ । गन्धर्वको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा आज बिहान निधन भएको हो । गन्धर्व लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । तनहुँ चिसापानीका स्थायी बासिन्दा गन्धर्वले ३२ वर्षसम्म...
काठमाण्डु, २७ भदौ – एमाओवादीका नेता शशी शेरचन (स्वनाम साथी)ले ६३ वर्षको उमेरमा विवाह गरेका छन् त्यो पनि आफूभन्दा आधा उमेरकी किरण गौतमसँग । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विहीबार शेरचन र गौतमको विवाह भएको हो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरू डा.बाबुराम भट्टराईलगायत...
काठमाण्डु, २७ भदौ । अन्तरिम निर्वाचन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले मंसिर ४ को चुनाव सफलतावपूर्वक सम्पन्न पार्न सम्पूर्ण कर्मचारीलाई निर्देशन दिएका छन् । चुनावलाई सरकारले सफल पारे कर्मचारी पनि सफल हुने उनको भनाई छ । यस वर्षको निजामती सेवा पुरस्कार वितरण समारोहलाई विहीबार सिंहदरबारमा...
काठमाण्डु, २७ भदौ– मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिए नेकपा–माओवादी आगामी चुनावमा सहभागी हुन तयार भएको छ । उसले यथास्थितिको चुनावमा आफूहरु सहभागि नहुने स्पष्ट पारेको छ ।...
काठमाण्डु, २७ भदौ – नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले विहीबार आह्वान गरेको बन्दले काठमाण्डु उपत्यका र पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ । बन्दका कारण सवारी साधन चलेका छैनन् भने बजार, पसल, शिक्षण संस्था पनि ठप्प छन् । बन्दकर्ताले बौद्धमा एउटा कार तोडफोड गरेको...