सर्लाही नापी कार्यालयमा बम विष्फोट,८ घाइते,१ गम्भीर

काठमाण्डु टुडे २०७० भदौ २८ गते ७:४६ मा प्रकाशित

sarlahi-Districtमलंगवा, २८ भदौ – सर्लाही नापी कार्यालयमा अखिल तराई मुक्ति मोर्चाले शुक्रबार बम विष्फोट गराउँदा आठ जना घाइते भएका छन् ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । गम्भीर घाइते सर्लाही रामवनका गौरीशंकर महतोलाई काठमाडौं रिफर गरिएको छ । नापी अधिकृत नागेन्द्र राय, हेमपुरका राजकिशोर रामलगायतको जिल्ला अस्पताल मलंगवामा उपचार भैरहेको छ ।

सेवाग्राहीको भिडभाड भएको अवस्थामा कार्यालयको मूलगेट भित्र ११:४५ बजे बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घटनास्थलमा अखिल तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ । सो पर्चामा संयोजक जयकृष्ण गोइतको हस्ताक्षर छ ।

प्रहरीले विष्फोटमा संलग्न कसैलाई पनि पक्राउ गर्न सकेको छैन । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us