समाचार

पेट्रोल पम्पमा अब पेट्रोल किन्नेको रेकर्ड राखिने

२०७० मंसिर २ गते ८:३९

चितवन, २ मंसिर– पेट्रोलियम पदार्थ गलत ठाउँमा प्रयोग भएको निष्कर्ष निकाल्दै चितवन प्रशासनले खरितकर्ताको रेकर्ड राख्नसमेत विक्रेताहरुलाई कडा निर्देशन दिएको छ । रेकर्ड नराखी बिक्री वितरण गरेको पाइए तथा खरिदकर्ताले विध्वंसात्मक कार्यमा प्रयोग गरेको पाइए त्यस्ता उपभोक्ता र बिक्रेता दुवैलाई कारबाही गर्ने चेतावनी समेत...

मोटरसाइकलमा आएर जिपमा आगो

२०७० मंसिर २ गते ८:०१

काठमाण्डु, २ मंसिर– काठमाण्डुबाट नुवाकोटतर्फ जाँदै गरेको एक जिपमा बन्दकर्ताहरुले आगो लगाइदिएका छन् । बा ५ च २९३१ नम्बरको को जिपमा मोटरसाइकलामा आएका चार जनाको समूहले आगो लगाइदिएको हो । नुवाकोटको मुड्कु नाका नजिकै ठूलो गाउँमा जिपलाई रोकेर आगो लगाइदिएका थिए । घटनामा मानवीय...

फोरम उम्मेदवारले गरे प्रचण्डलाई समर्थन

२०७० मंसिर २ गते ६:३१

सिरहा, २ मंसिर–मधेसी जनअधिकार फोरम गणतान्त्रिकका एक उम्मेदवार एमाओवादीमा प्रवेश गरेका छन् । सिरहा क्षेत्रनम्बर ५ मा प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका मधेसी जनअधिकार फोरम गणतान्त्रिकका उम्मेदवार राम अवतार महतो आफ्नो उम्मेदवारी फिर्ता लिँदै एमाओवादीमा प्रवेश गरेका हुन् । महतोले आइतबार विज्ञप्ति निकालेर सोही क्षेत्रका...

आदिनाथ मेला सम्पन्न

२०७० मंसिर २ गते ६:०३

काठमाण्डु, २ मंसिर । काठमाण्डुको दक्षिणभेग चोभारस्थित आदिनाथको मन्दिरमा करिब एक महिनादेखि सुरु भएको ‘आदिनाथ मेला’ आइतबार सम्पन्न भएको छ । असोज शुक्ल पूर्णिमामा सुरु भएको सो मेला अवधिभर करिब एकलाख भक्तजन सहभागी भई मन्दिरको दर्शन गरेको अनुमान छ । मन्दिरमा नर तथा नारीको...

बस दुर्घटनामा एकजनाको मृत्यु

२०७० मंसिर २ गते ५:१४

गौशाला, २ मंसिर–महोत्तरीको गौरीबास–२ मा आइतबार बिहान बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको डाँडीगुराँस गाविस–७ बस्ने २० वर्षीय लालसिंह योञ्जन रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । दुर्घटनामा बसमा सवार अन्य ११ जना घाइते भएका छन् । काठमाण्डुबाट...

रेग्मीले देशवासीको नाममा सम्वोधन गर्ने

२०७० मंसिर २ गते ४:५२

काठमाण्डु, २ मंसिर–अन्तरिम चुनावी मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले आइतबार देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । चुनावमा सबै सहभागी भएर सफल पार्न आह्वान गर्दै उनले सम्वोधन गर्न लागेका हुन् । रेग्मीले चुनाव बहिस्कारको घोषणा गरेका नेकपा–माओवादी नेतृत्वको मोर्चालाई पनि निर्वाचनमा सहयोग गर्न आह्वान गर्ने...

कार्टर उच्चस्तरीय राजनीतिक भेटमा व्यस्त

२०७० मंसिर २ गते ४:५०

काठमाण्डु, २ मंसिर–संविधानसभा निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरले आइतबार उच्चस्तरीय भेटघाट शुरु गरेका छन् । कार्टरले आइतबार विहान राष्ट्रपति रामवरण यादव, अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीसँग छुट्टा छुट्टै भेटवार्ता गरेका हुन् । रेग्मीलाई विहान...

काँग्रेस कार्यकर्ताको घरमा आगजनी

२०७० मंसिर २ गते ४:४५

गोरखा, २ मंसिर– गोरखाको तान्द्राङ गाविस १ टारीफाँटस्थित कांग्रेसका क्रियाशील सदस्य एवं शिक्षक संघ गोरखाका पूर्व जिल्ला सचिव तारा पुडासैनीको घरमा आगजनी भएको छ । शनिबार राती करिव साढे १२ उनको घरमा आगजनी भएको हो । काँग्रेसले एकीकृत नेकपा माओवादीका कार्यकर्ताले पुडासैनीको घरमा आगजनी...

मतपेटिका लुटियो

२०७० मंसिर २ गते ३:५९

हेटौंडा, २ मंसिर–मकवानपुर क्षेत्र नम्बर ४ अन्तर्गत काँकडा गाविसको सिलिङ्गे मतदान केन्द्रमा लैजाँदै गरिएको दुईवटा मतपेटिका लुटिएको छ । मतपत्रलगायतका अन्य निर्वाचन सामग्री भने सुरक्षित छन् । गएराति अज्ञात समूहले मतपेटिका लुटेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गणेशबहादुर ऐरले जानकारी दिए । उनले सुरक्षा...

सबै सीमानाका बन्द

२०७० मंसिर २ गते ३:५७

काठमाण्डु, २ मंसिर–निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका विभिन्न नाका बन्द गरिएको छ । चुनावकोबेला सीमा क्षेत्रबाट हुन सक्ने आपराधिक कृयाकलाप नियन्त्रणका लागि नाका बन्द गरिएको हो । दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, कपिलबस्तु, नवलपरासीका सिमा नाका आइतबार विहानदेखि चुनाव सम्पन्न नभएसम्मका लागि...

आज भूत मेला

२०७० मंसिर २ गते ३:५५

सिरहा, २ मंसिर–कात्तिक शुक्ल पूर्णिमाको दिन आइतबार तराईका विभिन्न भागमा भूत मेला लागेको छ । यस क्रममा सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदीमा स्नान गर्ने श्रद्धालुहरुको घुइँचो लागेको छ । शनिबार सा“झ घरबाट धामीझाँक्रीसहित हिँडेका गाउ“वासीको कमलाको सारश्वर, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका...

चुनावको लागि आजबाट सार्बजनिक विदा

२०७० मंसिर २ गते २:३४

काठमाण्डु, २ मंसिर–मंगलबार हुने संविधानसभा चुनावकालागि सरकारले आइतबारबाट सार्बजनिक विदा दिएको छ । मंसिर पाँच गते बुधबारसम्मकालागि सरकारले सार्बजनिक विदा दिएको हो । सार्बजनिक विदा भएपनि आइतबार र सोमबार अत्यावश्यक सेवा दिने सरकारी निकाय भने खुला रहने सरकारले जनाएको छ । सरकारले डाँक, टेलिफोन,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us