फोरम उम्मेदवारले गरे प्रचण्डलाई समर्थन

काठमाण्डु टुडे २०७० मंसिर २ गते ६:३१ मा प्रकाशित

सिरहा, २ मंसिर–मधेसी जनअधिकार फोरम गणतान्त्रिकका एक उम्मेदवार एमाओवादीमा प्रवेश गरेका छन् । सिरहा क्षेत्रनम्बर ५ मा प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका मधेसी जनअधिकार फोरम गणतान्त्रिकका उम्मेदवार राम अवतार महतो आफ्नो उम्मेदवारी फिर्ता लिँदै एमाओवादीमा प्रवेश गरेका हुन् ।
महतोले आइतबार विज्ञप्ति निकालेर सोही क्षेत्रका एमाओवादी उम्मेदवार तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गरेको जानकारी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us