बस दुर्घटनामा एकजनाको मृत्यु

काठमाण्डु टुडे २०७० मंसिर २ गते ५:१४ मा प्रकाशित

गौशाला, २ मंसिर–महोत्तरीको गौरीबास–२ मा आइतबार बिहान बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको डाँडीगुराँस गाविस–७ बस्ने २० वर्षीय लालसिंह योञ्जन रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । दुर्घटनामा बसमा सवार अन्य ११ जना घाइते भएका छन् ।

काठमाण्डुबाट सिन्धुलीका लागि छुटेको ना ३ ख ७६६८ नम्बरको यात्रुबाहक बस तीव्र गतिका कारण महोत्तरीको गौरीबास–२ स्थित घुम्तीमा सडकबाट तल खसेर दुर्घटना भएको प्रहरी निरीक्षक अशोक झाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us