रेग्मीले देशवासीको नाममा सम्वोधन गर्ने

काठमाण्डु टुडे २०७० मंसिर २ गते ४:५२ मा प्रकाशित

khilrajकाठमाण्डु, २ मंसिर–अन्तरिम चुनावी मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले आइतबार देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । चुनावमा सबै सहभागी भएर सफल पार्न आह्वान गर्दै उनले सम्वोधन गर्न लागेका हुन् । रेग्मीले चुनाव बहिस्कारको घोषणा गरेका नेकपा–माओवादी नेतृत्वको मोर्चालाई पनि निर्वाचनमा सहयोग गर्न आह्वान गर्ने बताइएको छ ।

साँझ ६ बजे सिंहदरवारस्थित राष्ट्रिय योजना आयोगको हलबाट देशवासीका नाममा सम्बोधन हुने रेग्मीका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिए ।

मन्त्रिपरिषद अध्यक्ष भएपछि रेग्मीको यो दोस्रो सम्वोधन हो । यसअघि उनले संविधानसभा चुनावको मिति घोषणा भएको भोलिपल्ट जेठ ३१ गते राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us