समाचार

छुरी प्रहार गर्ने एमाले युवाविरुद्ध प्रहरीमा उजुरी

२०७० मंसिर २ गते १४:५६

सङ्खुवासभा, २ मङ्सिर– छुरी प्रहार गरेको अभियोगमा नेकपा (एमाले)का ४ जना युवालाई कारबाही गर्नुपर्ने भन्दै नेपाली काँग्रेस सम्बद्ध पीडित पक्षले इलाका प्रहरी कार्यलय चैनपुरमा उजुरी दिएका छन् । नेपाली काँग्रेसका जीवन लिम्बू र मनबहादुर लिम्बूलाई छुरा प्रहार गर्ने एमालेको भ्रातृ सङ्गठन युवा संघका सदस्यहरू...

एमालेद्वारा ध्यानाकर्षण, एमाओवादीद्वारा काँग्रेसमाथि जाहेरी

२०७० मंसिर २ गते १४:३३

काठमाण्डु, २ मंसिर– एमालेको एक प्रतिनिधिमण्डलले आइतबार प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीसँग भेटी निर्वाचनको मौन अवधि सुरु भएपछि पनि आचारसंहिता र निर्वाचन कसुर र सजाय ऐनविपरीत विभिन्न कार्य भएको भन्दै उजुरी गरेको छ । एमालेका सचिव युवराज ज्ञवाली र निर्वाचन विभागका प्रमुख अग्नि खरेलले...

सीमा नाकाहरुमा सिल, मदिरामा रोक

२०७० मंसिर २ गते १४:०९

काठमाण्डु, २ मंसिर– निर्वाचन सुरक्षालाई ध्यान दिइदैं देशका अधिकांश सीमा नाकाहरु आइतबारबाट सिल गरिएको छ । उत्तरमा चीन र दक्षिणमा भारतका जाने सीमा नाकाहरुलाइ स्थानीय प्रशासनहरुले सिल गरेका हुन् । यसअघि पनि तीब्बतसँग जोडिएका रसुवाको नाका र तातोपानी नाका बन्द गरिसकेको थियो । त्यस्ते...

आइतबार कहाँ-कहाँ विष्फोट ?

२०७० मंसिर २ गते १३:४३

काठमाण्डु, २ मंसिर– संविधानसभाको निर्वाचनका दुई दिनअघि आइतबार देशका केही स्थानहरुमा बम प्रहार तथा शंकास्पद वस्तु भेटिएको छ । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले निर्वाचन बहिष्कार गर्दै बिथोल्ने घोषणा गरेको अवस्थामा निर्वाचनको पूर्वसन्ध्यामा बम प्रहार हुने तथा शंकास्पद वस्तुहरु भेटिने क्रम जारी छ ।...

खोकनामा प्रहरी र स्थानीयबीच हानाहान

२०७० मंसिर २ गते ११:५२

ललितपुर, २ मंसिर– ललितपुरको खोकनामा स्थानीय र प्रहरीबीच विवाद हुँदा झडप भएको छ । झडपमा पाँच प्रहारी सहित केही घाइते भएका छन् । घाइतेहरुको ललितपुरकै बालकुमारीस्थित बी एण्ड बी र जावलाखेलस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ । मतदाता परिचयपत्र वितरण भइरहँदा स्थानीय एक व्यक्तिले...

आफूहरुलाई आतंककारी बनाउन खोजेकोमा वैद्यको आपत्ति

२०७० मंसिर २ गते ११:३४

काठमाण्डु, २ मंसिर– चुनाव बहिष्कार गर्दै बिथोल्ने घोषणा गरेका नेकपा–माओवादीले आफूहरुलाई आतंककारीको रुपमा परिभाषित गर्न खोजेको भन्दै आपत्ति जनाएको छ । माओवादी अध्यक्ष मोहन वैद्यले आइतबार एक प्रेस वक्तव्य जारी गर्दै राज्य शक्तिको दुरुपयोग गर्दै चक्काजामको अवज्ञा गरिएकोले कतिपय दुःखद घटना भएकोमा दुःखित बनाएको...

नेकपा-माओवादीका दुई कार्यकर्ता पक्राउ

२०७० मंसिर २ गते ११:०१

सप्तरी, २ मंसिर– निर्वाचन हुन दुई दिन मात्र बाँकी रहँदा सप्तरीको हनुमाननगरबाट प्रहरीले आइतबार मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका दुई कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । हनुमाननगर बजारमा घुमिरहेका बेला प्रहरीले नेकपा–माओवादी सप्तरी क्षेत्र नम्बर २ का एरिया इञ्चार्ज बच्चेलाल सरदार र नेकपा–माओवादी निकट दलित राष्ट्रिय...

सरकार र चुनाव विरोधीबीचको धाक-धम्कीमा बारको ध्यान

२०७० मंसिर २ गते १०:३०

काठमाण्डु, २ मंसिर– नेपाल बार एसोसिएशनले निर्वाचन गराउन लागेको सरकार र निर्वाचन बहिष्कार गरिरहेका नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाबीच एकअर्कामा सार्वजनिक रुपमै आरोप–प्रत्यारोप, चेतावनी तथा धम्की आइरहेकोमा ध्यानाकर्षण भएको जनाएको छ । आइतबार एक प्रेस विज्ञप्ती निकाल्दै बारले बन्दकर्ताहरुले सवारी साधनमा गरेको आगजनी तथा...

कार्टरद्वारा रेग्मीको प्रशंसा, राष्ट्रपतिसँग ‘फ्रेन्च मोडेल’को कुरो

२०७० मंसिर २ गते ९:४६

काठमाण्डु, २ मंसिर– निर्वाचन पर्यवेक्षण गर्न आइपुगेका अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरले निर्वाचनका निम्ति वर्तमान सरकारले गरेको प्रयासको अन्तर्राष्ट्रिय समुदायले उच्च मूल्याङ्कन र प्रशंसा गरेको बताएका छन् । प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र उनको नेतृत्वको सरकारले निर्वाह गरेको भूमिकाको कार्टरले प्रशंसा...

मतदाता परिचयपत्र लिन अर्थमन्त्री आफै गए

२०७० मंसिर २ गते ९:१२

काठमाण्डु, २ मंसिर- अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री शङ्करप्रसाद कोइरालाले मतदाता परिचयपत्र लिएका छन् । काठमाण्डु महानगरपालिका–९ स्थित बत्तीसपुतली मतदान केन्द्रमा स्वयम् उपस्थित भई मतदाता परिचयपत्र लिएका हुन् । मन्त्री कोइरालाले आइतबार बिहान परिवारका अन्य बालिग सदस्यको परिचयपत्र लिएका हुन् । त्यस अवसरमा मन्त्री...

बन्दका बाबजुद भोट हाल्न धमाधम घर जाँदै

२०७० मंसिर २ गते ९:०६

काठमाण्डु, २ मंसिर- संविधानसभाक निर्वाचन दुई दिन मात्रै बाँकी रहँदा कामविशेषले काठमाडौँ उपत्यकामा रहेका मतदाता निर्वाचनका लागि बाहिरिने क्रम बढेको छ । निर्वाचन बहिष्कारको पक्षमा रहेको नेकपा–माओवादीसम्मिलित मोर्चाले आह्वान गरेको बन्दको कुनै प्रवाह नगरी यात्रु धमाधम गन्तव्यतर्फ जाँदैछन् । एकथरि भाडाका सवारी साधनबाट र...

निर्वाचन सफल हुनेमा सबै ढुक्कः गृहमन्त्री

२०७० मंसिर २ गते ८:५५

काठमाण्डु, २ मंसिर- गृहमन्त्री माधवप्रसाद घिमिरेले निर्वाचन आयोग र नेपाल सरकार मात्र नभई सर्वसाधारण नागरिक तथा राजनीतिक दलसमेत निर्वाचन सफलताका साथ सम्पन्न हुनेमा ढुक्क रहेको बताएका छन् । मङ्गलबार हुने संविधानसभाको निर्वाचन ऐतिहासिक सफलताका साथ सम्पन्न हुने बताउँदे उनले सरकारले सम्पूर्ण सुरक्षा बन्दोबस्ती गरिसकेकाले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us