
ललितपुर, २ मंसिर– ललितपुरको खोकनामा स्थानीय र प्रहरीबीच विवाद हुँदा झडप भएको छ ।
झडपमा पाँच प्रहारी सहित केही घाइते भएका छन् । घाइतेहरुको ललितपुरकै बालकुमारीस्थित बी एण्ड बी र जावलाखेलस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ ।
मतदाता परिचयपत्र वितरण भइरहँदा स्थानीय एक व्यक्तिले अमर्यादित कार्य गरपछि पक्राउ गर्दा स्थानीयले विवाद गरेको ललितपुर प्रहरी प्रभाग जावलाखेलका हवल्दार मोहन खत्रीले बताएका छन् । ड्युटीमा रहेका प्रहरीमाथि स्थानीयले ढुंगामुढा गरेको उनले बताए ।
एक अधवैंशे स्थानीयले मतदाता परिचयपत्र वितरण स्थलमा महिलाहरुलाई जिस्काउँदै अपशब्द बोलेपछि पक्राउ गर्दा स्थानीयले ढुंगामुढा गरेको प्रहरीको दाबी छ ।