सरकार र चुनाव विरोधीबीचको धाक-धम्कीमा बारको ध्यान

काठमाण्डु टुडे २०७० मंसिर २ गते १०:३० मा प्रकाशित

काठमाण्डु, २ मंसिर– नेपाल बार एसोसिएशनले निर्वाचन गराउन लागेको सरकार र निर्वाचन बहिष्कार गरिरहेका नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाबीच एकअर्कामा सार्वजनिक रुपमै आरोप–प्रत्यारोप, चेतावनी तथा धम्की आइरहेकोमा ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार एक प्रेस विज्ञप्ती निकाल्दै बारले बन्दकर्ताहरुले सवारी साधनमा गरेको आगजनी तथा विष्फोटका घटनाहरुमा पनि ध्यानाकर्षण जनाउँदै यस्ता अमानवीय कार्य तुरुन्त रोक्न आग्रह गरेको छ । ‘सरकारबाट समेत बल प्रयोग गर्ने, मानवअधिकार उल्लंघन गर्ने र झुठ्ठा मुद्दा लगाउने कार्य गर्नु हुँदैन भन्ने हाम्रो धारणा छ’ विज्ञप्तीमा भनिएको छ ।

बारले निकालेको विज्ञप्तीः

bar association press

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us