मतदाता परिचयपत्र लिन अर्थमन्त्री आफै गए

काठमाण्डु टुडे २०७० मंसिर २ गते ९:१२ मा प्रकाशित

shankar koiralaकाठमाण्डु, २ मंसिर- अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री शङ्करप्रसाद कोइरालाले मतदाता परिचयपत्र लिएका छन् ।

काठमाण्डु महानगरपालिका–९ स्थित बत्तीसपुतली मतदान केन्द्रमा स्वयम् उपस्थित भई मतदाता परिचयपत्र लिएका हुन् । मन्त्री कोइरालाले आइतबार बिहान परिवारका अन्य बालिग सदस्यको परिचयपत्र लिएका हुन् ।

त्यस अवसरमा मन्त्री कोइरालाले आफ्नो भाग्य निर्धारण गर्ने संविधानसभाको चुनावमा सहभागी हुन मतदातालाई आह्वान गरे । स्थायी घर भोजपुर भएका मन्त्री कोइराला काठमाण्डु–२ का मतदाता हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us