
काठमाण्डु, २ मंसिर- संविधानसभाक निर्वाचन दुई दिन मात्रै बाँकी रहँदा कामविशेषले काठमाडौँ उपत्यकामा रहेका मतदाता निर्वाचनका लागि बाहिरिने क्रम बढेको छ । निर्वाचन बहिष्कारको पक्षमा रहेको नेकपा–माओवादीसम्मिलित मोर्चाले आह्वान गरेको बन्दको कुनै प्रवाह नगरी यात्रु धमाधम गन्तव्यतर्फ जाँदैछन् ।
एकथरि भाडाका सवारी साधनबाट र अर्काथरि विभिन्न राजनीतिक दलले बस रिजर्भ गरेर मतदातालाई सम्बन्धित जिल्लामा लगिरहेका छन् । अधिकांश सवारी राजनीतिक दलले रिजर्भ गरी लगे पनि केही व्यवसायीले साबिकभन्दा बढी भाडा असुलेर यात्रु लगिरहेका छन् ।
महागरीय ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार शनिबार १२ देखि आइतबार मध्याह्न १२ बजेसम्म मात्रै साना, ठूला सबैखाले सवारीसाधन गरी ६५० सवारीसाधन काठमाण्डु भित्रिएको तथा यात्रुवाहक, पर्यटक तथा अन्य साना सवारीसाधन गरी एक हजार २५६ सवारीसाधन काठमाण्डुबाट बाहिरिएको छ ।
उपत्यकाबाट बाहिरिने सवारीसाधनलाई सशस्त्र प्रहरीले विभिन्न स्थानमा स्कर्टिङ र नेपाल प्रहरीले स्थानीय सुरक्षा दिएर गन्तव्यतर्फ पु¥याएको जनाएको छ । उपत्यकाबाट बाहिरिन आज अन्तिम दिन भएकाले मतदाता लामो दूरीका रुटमा पर्ने सडक चोकमा लामबद्ध भएका छन् । कोटेश्वर, टेकु, कलङ्की र नयाँबसपार्कमा यात्रु झुन्ड झुन्ड अवस्थामा देखिन्थे ।