छुरी प्रहार गर्ने एमाले युवाविरुद्ध प्रहरीमा उजुरी

काठमाण्डु टुडे २०७० मंसिर २ गते १४:५६ मा प्रकाशित

सङ्खुवासभा, २ मङ्सिर– छुरी प्रहार गरेको अभियोगमा नेकपा (एमाले)का ४ जना युवालाई कारबाही गर्नुपर्ने भन्दै नेपाली काँग्रेस सम्बद्ध पीडित पक्षले इलाका प्रहरी कार्यलय चैनपुरमा उजुरी दिएका छन् ।
नेपाली काँग्रेसका जीवन लिम्बू र मनबहादुर लिम्बूलाई छुरा प्रहार गर्ने एमालेको भ्रातृ सङ्गठन युवा संघका सदस्यहरू फुर्वा शेर्पा, कर्मारिन्जी शेर्पा, पासाङ शेर्पा र दोर्ची शेर्पाविरुद्ध पीडित पक्षले ज्यान मार्ने हैसियतले आक्रमण गरेको भन्दै आक्रमणकारीलाई पक्राउ गरी कानुनी कारबाहीको माग गरिएको छ ।
झडपपछि नेपाली काँग्रेस जिल्ला कार्यसमितिले एक विज्ञप्ति जारी गर्दै घटनाको भत्र्सना गरेको छ । दोषीमाथि कारबाही गर्न र घाइते आफ्ना कार्यकर्ताको उपचार खर्चको व्यवस्था मिलाउन माग गरिएको छ ।
मङ्सिर १ गते एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नेक्रममा एमालेका युवा संघका पर्शुराम बस्नेतले काँग्रेसका थमन गुरुङविरुद्ध होच्याउने शब्द प्रयोग गरी भाषण गरेपछि आक्रोशित बनेका काँग्रेसका युवा र एमालेका युवाबीच झडप भएको थियो ।
घाइते काँग्रेसका जीवनको स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
एमालेले भने आफ्नो चुनावी सभालाई काँग्रेसका युवाले बिथोल्न खोजेपछि सामान्य झडप भएको बताएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us