चुनावको लागि आजबाट सार्बजनिक विदा

काठमाण्डु टुडे २०७० मंसिर २ गते २:३४ मा प्रकाशित

काठमाण्डु, २ मंसिर–मंगलबार हुने संविधानसभा चुनावकालागि सरकारले आइतबारबाट सार्बजनिक विदा दिएको छ । मंसिर पाँच गते बुधबारसम्मकालागि सरकारले सार्बजनिक विदा दिएको हो ।

सार्बजनिक विदा भएपनि आइतबार र सोमबार अत्यावश्यक सेवा दिने सरकारी निकाय भने खुला रहने सरकारले जनाएको छ । सरकारले डाँक, टेलिफोन, यातायात लगायतलाई अत्यावश्यक सेवाको सूचीमा राखेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us