आदिनाथ मेला सम्पन्न

काठमाण्डु टुडे २०७० मंसिर २ गते ६:०३ मा प्रकाशित

काठमाण्डु, २ मंसिर । काठमाण्डुको दक्षिणभेग चोभारस्थित आदिनाथको मन्दिरमा करिब एक महिनादेखि सुरु भएको ‘आदिनाथ मेला’ आइतबार सम्पन्न भएको छ । असोज शुक्ल पूर्णिमामा सुरु भएको सो मेला अवधिभर करिब एकलाख भक्तजन सहभागी भई मन्दिरको दर्शन गरेको अनुमान छ ।

मन्दिरमा नर तथा नारीको संयुक्त रुप रहेको हुँदा आदिनाथ भनिएको हो । सो मन्दिरमा हिन्दूहरुले शिव र पार्वतीको दर्शन तथा पूजा गर्छन् भने बौद्ध धर्मावलम्बीले लोकेश्वरका रुपमा आस्था प्रकट गर्छन् ।

मेला अवधिमा मन्दिरमा दर्शन गरेमा कुष्ठरोगलगायत महारोग नाश हुने विश्वास छ । मेला अवधिभर श्रद्धालु भक्तजनले पारिवारिक सुख तथा शान्तिका लागि निर्जला व्रत समेत बस्ने परम्परा छ । व्रतालुलाई विशेष बाजागाजासहित सो आसपास क्षेत्रमा घुमाएर गृह प्रवेश गराउने चलन छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us