सबै सीमानाका बन्द

काठमाण्डु टुडे २०७० मंसिर २ गते ३:५७ मा प्रकाशित

काठमाण्डु, २ मंसिर–निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका विभिन्न नाका बन्द गरिएको छ । चुनावकोबेला सीमा क्षेत्रबाट हुन सक्ने आपराधिक कृयाकलाप नियन्त्रणका लागि नाका बन्द गरिएको हो ।

दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, कपिलबस्तु, नवलपरासीका सिमा नाका आइतबार विहानदेखि चुनाव सम्पन्न नभएसम्मका लागि बन्द गरिएको छ । यस्तै पूर्वमा काकडभिट्टा नाका शनिबार राती १२ बजेबाट बन्द गरिएको छ । भारतको दार्जिलिङसँग सीमा जोडिएका ईलामका पशुपतिनगर, छब्बिसे, मानेभञ्ज्याङलगायत नाकाहरु पनि बन्द छन् । सिमा बन्द गरिएपछि आवतजावत ठप्प भएको छ ।

कञ्चनपुरको गड्डाचौकी, वीरगन्ज र विराटनगरका नाका पनि मंसिर ५ गते विहान ५ बजेसम्मकालागि बन्द गरिएको छ । नाकाबाट सबै प्रकारका सवारी साधन आवत जावत गर्न  रोक लगाइएको छ ।

अत्यावश्यक इन्धन र खाद्यान्न ढुवानी पनि बन्द छ । ढुवानी बन्द भए पनि पर्याप्त इन्धन र खाद्यान्न भएकाले अभाव नहुने सरकारले स्पष्ट पारेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us