मोटरसाइकलमा आएर जिपमा आगो

काठमाण्डु टुडे २०७० मंसिर २ गते ८:०१ मा प्रकाशित

fireकाठमाण्डु, २ मंसिर– काठमाण्डुबाट नुवाकोटतर्फ जाँदै गरेको एक जिपमा बन्दकर्ताहरुले आगो लगाइदिएका छन् ।

बा ५ च २९३१ नम्बरको को जिपमा मोटरसाइकलामा आएका चार जनाको समूहले आगो लगाइदिएको हो । नुवाकोटको मुड्कु नाका नजिकै ठूलो गाउँमा जिपलाई रोकेर आगो लगाइदिएका थिए । घटनामा मानवीय क्षति भने भएको छैन ।

बन्दकर्ताहरुले आगो लगाइदिएको भनिए पनि आगजनी गर्नेको अझै यकिन भएको छैन । महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार आगजनी गर्नेहरुको खोजी गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us