समाचार

बहुमतको निर्णय स्वीकार्न मसालको सुझाव

२०७० मंसिर ६ गते ३:०५

काठमाण्डु, ६ मंसिर–नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले बहुमतको निर्णयलाई स्वीकार्न एनेकपा (माओवादी)लाई सुझाव दिएकोे छ । सो पार्टीले विहीबार विज्ञप्ति जारी गर्दै पार्टीले चुनावको मतगणनालाई अगाडि बढ्न दिएर त्यसको परिणाम स्वीकार्न अनुरोध गरेको हो । एमाओवादीद्वारा संविधानसभाको मतगणना बहिष्कार गर्ने निर्णयलाई गम्भीर रुपमा लिएको सन्दर्भमा...

टेक बहादुर गुरुङ पहिलो विजयी उम्मेदवार

२०७० मंसिर ६ गते १:३७

काठमाण्डु, ६ मंसिर–नेपाली काँग्रेसका टेकबहादुर गुरुङ १ हजार ५२७ मत प्राप्त गरी मनाङबाट संविधानसभा सदस्यमा निर्वाचित भएका छन् । गुरुङ दोस्रो संविधानसभा निर्वाचनमा विजयी घोषित हुने पहिलो उम्मेदवार हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका त्रिपल्पी गुरुङले ११९२ मत पाएका छन् । राप्रपा नेपालका भुजुङ...

स्याङजामा पुन: निर्वाचन गर्न कांग्रेसको माग

२०७० मंसिर ६ गते १:३४

काठमाण्डु, ६ मंसिर–नेकपा एमालेले स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र नं ३ का ९ मतदान केन्द्रमा धाँधली गरेको भन्दै नेपाली कांग्रेसले पुन: मतदानको माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गरेको छ । नेपाली कांग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं ३ का उम्मेदवार मोहनप्रसाद पाण्डेले नेकपा एमालेले ती...

एमाओवादी उम्मेदवारबाट मतगणना बहिस्कार

२०७० मंसिर ५ गते २३:००

काठमाण्डु ६ मंसिर–एकीकृत नेकपा माओवादीले संबिधानसभा निर्वाचनको जारी मतगणना प्रक्रिया स्थगित गर्न माग गरेको छ । अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बिहान १ बजे केन्द्रीय कार्यालय बैठक बस्नु अघि एकीकृत माओवादीले काठमाण्डु बाहिर रहेका व्यूरो इन्चार्जसहितका शिर्ष नेताहरुसँगको परामर्शपछि त्यस्तो निर्णय गरेको हो । काठमाण्डु...

शीघ्र संविधान निर्माण हुनेमा चीन विश्वस्त

२०७० मंसिर ५ गते १७:४७

काठमाण्डु, ५ मङ्सिर–चीनले नेपालमा अब बन्ने संविधानसभा शीघ्र संविधान बनाउन सफल हुने विश्वास व्यक्त गरेको छ । बिना व्यवधान निर्वाचन सम्पन्न भएकोमा चीनले त्यसको स्वागत गरेको छ ।  यहाँस्थित चिनियाँ दूतावासले अपराह्न एक वक्तव्य जारी गरी वार्ता र परामर्शलाई बढावा दिँदै नेपालका राजनीतिक शक्तिहरू...

झडपमा १५ भन्दा बढी घाइते

२०७० मंसिर ५ गते १७:२९

चन्द्रनिगाहपुर (रौतहट), ५ मङ्सिर– चुनाव सकिएको भोलिपल्ट बुधबार रौतहटको विभिन्न गाउँमा चुनावको विषयलाई लिएर झडप भएको छ । जिल्लाको विभिन्न ठाउँमा भएका झडपमा १५ भन्दा बढी घाइते भएका छन् । रौतहटको शितलपर बैरगनिया, बरियारपुर र भलोहिया गाविसमा झडप भएको हो । शितलपुर बैरगनिया १...

संबिधानसभाबाट बहुलवादसहितको संबिधान निर्माण हुने

२०७० मंसिर ५ गते १७:२१

काठमाण्डु, ५ मङ्सिर– नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले मुलुकमा शान्ति र स्थिरता कायम गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र एवम् समावेशीलाई संस्थागत गर्ने उद्देश्यसहित मङ्सिर ४ गते संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा सबैप्रति आभार व्यक्त गरेका छन । “अघिल्लो संविधानसभाले संविधान दिन नसकी राजनीतिक प्रक्रिया अबरुद्ध...

काँग्रेसलाई भोट नदिएको आरोपमा दलित बस्तीमा आगजनी

२०७० मंसिर ५ गते १७:११

वीरगन्ज(पर्सा), ५ मङ्सिर–पर्साको मुडली गाविसमा आफ्नो पार्टीलाई भोट नदिएको भन्दै एक समूहले दलित बस्तीमा प्रवेश गरी आगजनी गरेको छ । सो गाविसको वडा नं ३ मा रहेको माझीहरुको बस्तीमा प्रवेश गरी आतङ्क मच्चाइएको स्थानीयहरुले जानकारी दिएका छन् । नेपाली काँग्रेसलाई भोट नदिएको भन्दै सो...

विस्तृत शान्ति सम्झौता भएको ७ बर्ष पूरा

२०७० मंसिर ५ गते १६:१५

काठमाण्डु, ५ मंसिर–सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको बुधबार सात बर्ष पुगेको छ । २०६३ मंसिर ५ गते सरकार र तत्कालीन माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको थियो । सम्झौतामा तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

नवलपरासी–१ मा निर्वाचन दोहो¥याउन माग

२०७० मंसिर ५ गते १२:५९

काठमाण्डु, ५ मंसिर– विभिन्न सात राजनीतिक दलले नवलपरासी–१ मा काँग्रेसले धाँधली गरेको भन्दै पुनः निर्वाचन गर्न माग गरेका छन् । उनीहरुले पुनः निर्वाचनको माग गर्दै निर्वाचन आयोगमा निवेदन बुझाएका छन् । निवेदन दिनेमा एकीकृत माओवादी, एमाले, राप्रपा, राष्ट्रिय जनमोर्चा, राप्रपा नेपाल र संघीय समाजवादी...

एकीकृत माओवादीको जित कसैले रोक्न नसक्ने भट्टराईको दाबी

२०७० मंसिर ५ गते ११:५८

काठमाण्डु, ५ मंसिर– मतगणनाका क्रममा देशभर पार्टीका उम्मेदवार कमजोर देखिएका बेला एकीकृत माओवादी नेता बाबुराम भट्टराईले आफ्नो पार्टीको जितलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् । उनले भोलि साँझसम्म चुनावी नतिजा आउने भएकाले अनुमानको चंगा नउडाउन भनेका छन् । प्रारम्भिक अनुमानका आधारमा यथास्थितिवादी र...

यस्तो छ देशभरको मतगणनाको ताजा परिणाम (अपडेट)

२०७० मंसिर ५ गते १०:००

तपाईंले हेर्न चाहनुभएको क्षेत्रको मत परिणाम सिधै हेर्नका लागि Ctrl F गरी त्यहाँ सम्बन्धित जिल्लाको नाम टाइप गर्नुहोस् । मेची (Mechi) झापा–१ (Jhapa 1) एमाले, रविन कोइराला, १६१२ काँग्रेस, विश्वप्रसाद शर्मा, १४२३ एमाओवादी, बोधराज दाहाल, ५९८ झापा–२ (Jhapa 2) एमाओवादी, पूर्णसिंह राजवंशी, १६९७ काँग्रेस,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us