
काठमाण्डु, ५ मंसिर– विभिन्न सात राजनीतिक दलले नवलपरासी–१ मा काँग्रेसले धाँधली गरेको भन्दै पुनः निर्वाचन गर्न माग गरेका छन् ।
उनीहरुले पुनः निर्वाचनको माग गर्दै निर्वाचन आयोगमा निवेदन बुझाएका छन् ।
निवेदन दिनेमा एकीकृत माओवादी, एमाले, राप्रपा, राष्ट्रिय जनमोर्चा, राप्रपा नेपाल र संघीय समाजवादी पार्टी र संघीय गणतान्त्रिक समाजवादी पार्टी छन् । काँग्रेसले विदेश गएका र मृत्यु भएकाको नाममा समेत मत हालेर धाँधली गरेको आरोप उनीहरुको छ ।