विस्तृत शान्ति सम्झौता भएको ७ बर्ष पूरा

काठमाण्डु टुडे २०७० मंसिर ५ गते १६:१५ मा प्रकाशित

Nepal-Peace-Agreementकाठमाण्डु, ५ मंसिर–सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको बुधबार सात बर्ष पुगेको छ । २०६३ मंसिर ५ गते सरकार र तत्कालीन माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको थियो । सम्झौतामा तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका थिए ।

सम्झौतासँग माओवादीले २०५२ फागुन १ गतेबाट शुरु गरेको सशस्त्र युद्ध अन्त्य गर्दैै शान्तिपूर्ण राजनीतिमा आएको थियो । यसलाई नेपालको राजनीतिक इतिहासमै महत्वपूर्ण मानिन्छ ।

विस्तृत शान्ति सम्झौताअघि तत्कालीन सात राजनीतिक दल र नेकपा माओवादीबीच भारतको नयाँदिल्लीमा भएको १२ बुँदे सम्झौता भएको थियो । त्यसैको बलमा २०६२÷६३ मा भएको दोस्रो जनआन्दोलनले राजतन्त्र फालेको थियो ।

शान्ति सम्झौतापछि तत्कालीन विद्रोही माओवादी लडाकुहरु नेपाली सेनामा समायोजना भएका छन् भने हतियार सरकारलाई जिम्मा लगाएका छन् । तर, शान्तिप्रकृयाको महत्वपूर्ण पाटो वेपत्ताको खोजविन, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन हुन सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us