वीरगन्ज, १९ पुस– एमाले नेता माधवकुमार नेपालले संविधानसभाको बैठक कसले बोलाउने भन्ने विषयमा आग्रह र पूर्वाग्रहभन्दा पनि संविधानको भावना र प्रक्रियाअनुरुप नै बोलाउँदा उपयुक्त हुने बताएका छन् । वीरगञ्जमा भएको कार्यक्रममा नेता नेपालले संविधानको भावना अनुसार नै सबै चल्नुपर्ने भएकाले बैठक बोलाउने विषयमा विवाद...
नेपालगन्ज, १९ पुस– शीतलहर तथा बाक्लो कुहिरोका कारण पश्चिम तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । तीन दिनअघि हिउँदे झरीपछि एक्कासी शीतलहर र बाक्लो कुहिरोले आकाश ढाकेपछि तराईका जिल्लामा घाम लाग्न सकेको छैन । चिसोसँगै बग्ने सिरेटोले पनि यस क्षेत्रका कमजोर घरसंरचना भएका...
काठमाण्डु, १९ पुस – मंसिर ४ मा सम्पन्न संविधानसभा निर्वाचनअन्तर्गत काठमाण्डु जिल्लाका सबै विजयी उम्मेदवारहरुले आफ्नो निर्वाचनको खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाए पनि पराजित केही उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । कार्यालयले विजयी सबै उम्मेदवारको खर्च विवरण निर्वाचन आयोगले तोकेको मापदण्डभित्रमै आएको तर,...
कञ्चनपुर, १९ पुस – अल्पसंख्यकका खुना समुदायका प्रतिनिधिले पहिलो पटक संविधानसभामा प्रतिनिधित्व गर्ने अवसर पाएका छन् । दैजी गाविस– ६ धर्मपुरकी ३८ वर्षीया दुर्गा खुना खुना समुदायबाट पहिलो सभासद् बनेकी हुन् । एकीकृत नेकपा (माओवादी)ले निर्वाचन आयोगमा गत सोमबार बुझाएको समानुपातिकको सूचीमा उनको नाम...
पाँचथर, १९ पुस – पाँचथरको दक्षिणी गाविस माङ्जाबुङ र सराङडाँडामा स्थापित फक्ताङ्लुङ चिया उत्पादक कम्पनी प्रालिको सेयर सदस्यहरुको नाममा शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट निकासा भएको एक करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कम्पनीका सेयरधनीहरुको नाममा कागजात पेस...
सुर्खेत, १९ पुस – खुलादिसामुक्त क्षेत्र घोषणा गरिएका यहाँका विभिन्न गाविसमा सो घोषणा कार्यान्वयन नभएको पाइएको छ । खुलादिसामुक्त घोषणा गरिएका सुर्खेतको पश्चिमी भेगका विभिन्न गाविसको अनुगमन गर्दा खुलादिसामुक्त घोषणा कार्यान्वयन नभएको पाइएको हो । अनुगमन गरिएका पश्चिमका सालकोट, बाबियाचौर र विद्यापुर गाविसका विभिन्न...
काठमाण्डु, १९ पुस – मुलुकका विभिन्न भागमा ५४ वटा विमानस्थल भएपनि ३३ वटामा मात्र नियमित उडान भइरहेको पाइएको छ । उनान्चासवटा विमानस्थल सञ्चालनयोग्य भएपनि विविध कारणले उपयोगमा आउन सकेका छैनन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पूर्वाञ्चल विकास क्षेत्रमा १४, मध्यमाञ्चलमा ८, पश्चिमाञ्चलमा ७,...
काठमाण्डु, १९ पुस – राष्ट्रपति डा. रामवरण यादवले अन्तरिम संविधान संशोधन गरी राष्ट्रपतिबाटै संविधानसभाको बैठक आह्वान गर्ने व्यवस्था मिलाउन दलहरुलाई दवाव दिएका छन् । अन्तरिम संविधानमा सरकार प्रमुखले बैठक आह्वान गर्ने उल्लेख भए पनि विश्वमा चल्दै आएको परम्पराअनुसार राष्ट्रप्रमुखको हैसियतमा आफूले नै बैठक आह्वान...
काठमाण्डु, १९ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पार्टी बिभाजन गर्न खोजेको भन्दै तीनजना केन्द्रीय सदस्यहरुलाई कारवाही गर्ने तयारी गरेको छ । केन्द्रीय सदस्य मोहन श्रेष्ठले पार्टीले दिएको समयसीमा भित्र पनि नफर्किएकाहरुलाई शुक्रबारको केन्द्रीय समिति बैठकले कारवाहीको निर्णय गर्ने जानकारी दिए । ...
भद्रपुर, १९ पुस – झापाको भद्रपुरमा शुक्रबार बिहान साढे सात बजेतिर आगलागी हुँदा करिब ४० लाख बराबरको क्षति भएको छ । भद्रपुर बजारका घुसरु हलुवाइको घरमा रहेका बिनाका टेलर्सबाट विद्युत् सर्ट भई सुरु भएको आगोले उनको १० लाख बराबरको सामान र नजिकको घर तथा...
काठमाण्डु, १९ पुस– एकीकृत नेकपा माओवादीका नेता गोपाल किराँतीले डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले पार्टी फुटाउने उद्देश्यले ४० प्रतिशत सभासद मागेको आरोप लगाएका छन् । पार्टी फुटाउन ४० प्रतिशत सभासद चाहिने भएकाले त्यही आधार बनाउन भट्टराई र श्रेष्ठले त्यत्ति नै भाग खोजेको उनको...
दमक, १९ पुस – संविधानसभामा सन्थाल जातिको प्रतिनिधित्व एकजना सभासदले गर्ने मौका पाएका छन् । झापा हल्दीबारी–७ का ३५ वर्षीय मोहन टुडु सन्थाल समुदायको एक मात्र सभासद् बनेका हुन् । एकीकृत नेकपा माओवादीले टुडुलाई अल्पसंख्यकको कोटाबाट समानुपातिक सभासद बनाएको हो । टुडु २०५० सालमा...