समाचार

तलब बढाउन माग गर्दै विद्यालय बन्द

२०७० पुष १९ गते २:१९

चितवन, १९ पुस–सरकारी सेवा सुविधा सरह तलब बृद्धिको माग गर्दै नेपाल संस्थागत विद्यालय शिक्षक यूनियन (नेपाल ईष्टु) चितवनले शुक्रबारदेखि चितवनका सबै संस्थागत विद्यालयहरु अनिश्चितकालीन बन्द आह्वान गरेको छ । विगतमा प्याब्सनसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै ईष्टुले विद्यालय बन्द आह्वान गरेको हो । ईष्टुको...

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

२०७० पुष १९ गते २:१८

काठमाण्डु, १९ पुस– दाङ र चितवनमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दाङको तुल्सीपुरमा डोजरको ठक्करबाट सहचालकको घटनास्थमै मृत्यु भएको छ । ...

पदयात्रा र अवलोकनको गन्तव्य बन्दै चोभार

२०७० पुष १९ गते २:०८

कीर्तिपुर, १९ पुस–काठमाण्डुको कीर्तिपुर नगरपालिका–१४ स्थित चोभार क्षेत्र पदयात्रा एवम् अवलोकनका लागि महत्वपूर्ण गन्तव्य बन्दै गएको छ । पर्यटकीय रुपमा अवलोकनका साथै चोभारको आदिनाथ डाँडासम्म पदयात्राका लागि दैनिक सयौँ सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गरेका छन् । विशेषगरी सार्वजनिक बिदाका दिनहरुमा काठमाण्डु, ललितपुर...

रविन्द्रप्रताप शाहलाई अध्यक्षले प्रस्ताव गर्नुभएको हो : नारायणकाजी श्रेष्ठ

२०७० पुष १८ गते १५:२५

काठमाण्डु, १८ पुस–एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठले पूर्वप्रहरी प्रमुख रविन्द्रप्रताप शाहलाई सभासद बनाउने प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको बताएका छन् । श्रेष्ठले पार्टीले समानुपातिक सभासदको बन्द सूची बुझाउने बेलामै अध्यक्ष प्रचण्डले सेना प्रहरीका कोही साथीहरुलाई पनि समावेश गरौं भनेर शाहको नाम प्रस्ताव गरेको...

निर्वाचनको सम्पूर्ण परिणाम शितल निवासमा

२०७० पुष १८ गते १३:३५

काठमाण्डु, १८ पुस – निर्वाचन आयोगले ५ सय ७५ सभासदको नामावलीसहित संविधानसभाको दोस्रो निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपति डा. रामवरण यादवलाई बुझाएको छ । प्रमुख तिर्वाचन आयुक्त निलकण्ठ उप्रेतिले विहीबार साँझ शितल निवास पुगेर सभासदको नामावलीसहितको सम्पूर्ण परिणामा बुझाएका हुन् । प्रत्यक्षतर्फ निर्वाचित २ सय...

बाबुरामले भने‘पार्टी फुटाउनु अपराध हुन्छ’

२०७० पुष १८ गते १३:२२

काठमाण्डु, १८ पुस – एमाओवादी नेता डा. बाबुराम भट्टराईले पूर्व आइजीपी रविन्द्रप्रताप शाहलाई आफ्नै प्रस्तावमा समानुपातिक उम्मेदवार बनाइएको बताएका छन् । आफ्नै निवासमा अनलाइन चौतारीसँग कुराकानी गर्दै उनले शाहलाई समानुपातिक उम्मेदवार बनाउन आफूले प्रस्ताव गरेको तर, अब सभासद बनाउन नहुने बताएका हुन् । ‘३...

सूची नसच्चिनु गम्भीर त्रुटी : भट्टराई

२०७० पुष १८ गते १३:२०

काठमाण्डु, १८ पुस – एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले समानुपातिक सभासदको सूची नसच्याउनुलाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् । भट्टराईले सूची सच्याउने अपेक्षामा आफू भएपनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नसच्याएको भन्दै यसले आफूलाई गम्भीर बनाएको बताएका छन् ।  ‘हामी सूची सच्चिने अपेक्षामा...

संविधानसभाको बैठक सरकार प्रमुखले बोलाउनु पर्ने भन्दै रिट

२०७० पुष १८ गते १२:५७

काठमाण्डु, १८ पुस –  संविधानबमोजिम अन्तरिम मन्त्रिपरिषद्का अध्यक्षले नै संविधानसभाको बैठक आह्वान गर्नुपर्ने माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर भएको छ । राष्ट्रपतिले नै संविधानसभा र व्यवस्थापिका–संसद्को बैठक आह्वान गर्नुपर्ने माग गर्दै दायर रिट निवेदन विचाराधीन रहेकै अवस्थामा अर्काे रिट दायर भएको हो ।...

आइतबारदेखि दिनको १२ घण्टा लोडसेडिङ (तालिकासहित)

२०७० पुष १८ गते १२:३२

काठमाण्डु, १८ पुस- नेपाल विद्युत प्राधीकरणले आइतबारदेखि दैनिक १२ घण्टा लोडसेडिङ गर्ने भएको छ । प्राधिकरणाले साताको ८० घण्टा लोडसेडिङ गर्ने तयारी गरेको हो । प्राधिकरणले पुस २१ गतेदेखि लागू हुनेगरी बनाएको नयाँ तालिका अनुसार सातामा तीन दिन १२ घन्टा र बाँकी चार दिन...

५८ प्रतिशत अपाङ्ग महिलामाथि हिंसा

२०७० पुष १८ गते १२:२२

काठमाण्डु, १८ पुस – अपाङ्गता भएका ५८ प्रतिशत महिलाले आफ्नो जीवनभर कुनै न कुनै बेला हिंसा खेप्ने गरेको पाइएको छ । राष्ट्रिय महिला अयोग, दिदीबहिनी र हेल्भिटासको आयोजनामा विहीबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका महासचिव टीका दाहालले अन्य महिलाको तुलनामा अपाङ्गता भएका महिला...

उम्मेदवारको चुनावी खर्च दुई सय मात्रै !

२०७० पुष १८ गते १२:१७

जनकपुर, १८ पुस– संविधानसभा निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका कुलानन्द झाले चुनाव खर्च दुई सय सय भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् । निर्वाचन कार्यालयका अनुसार धनुषाका सात वटै निर्वाचन क्षेत्रबाट तीन सय ३४ उम्मेदवारमध्ये हालसम्म ५८ जनाले खर्च...

संविधानसभाको बैठकबारे राष्ट्रपतिको परामर्श

२०७० पुष १८ गते ११:४०

काठमाण्डु, १८ पुस– राष्ट्रपति रामवरण यादवले संविधानसभा बैठक आह्वानबारे परामर्श थालेका छन् । पहिलो बैठक राष्ट्राध्यक्षले आह्वान गर्ने की सरकार प्रमुखले भन्ने विवाद जारी रहँदा राष्ट्रपतिले यसबारे परामर्श सुरु गरेका हुन् । उनले विहीबार विहान मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसँग छलफल गरेका छन् । राष्ट्रपतिको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us