
जनकपुर, १८ पुस– संविधानसभा निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका कुलानन्द झाले चुनाव खर्च दुई सय सय भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् ।
निर्वाचन कार्यालयका अनुसार धनुषाका सात वटै निर्वाचन क्षेत्रबाट तीन सय ३४ उम्मेदवारमध्ये हालसम्म ५८ जनाले खर्च विवरण बुझाएका छन् ।
प्रत्यक्षतर्फ चुनाव लडेका उम्मेदवारले १० लाख तथा समानुपातिकतर्फकाले १ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था भएपनि झाले भने दुई लाख मात्रै खर्च भएको उल्लेख गरेका छन् । रासस