प्रधानमन्त्रीले क्षमायाचना नगरेसम्म सदन नचलाऔँः एमाले

काठमाण्डु टुडे २०८३ जेठ २५ गते १४:१२ मा प्रकाशित

काठमाण्डू, २५ जेठ– प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारीको उल्लङ्घन गर्दै नेपालले भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिप्रति फिर्ता लिएर क्षमा याचना माग्न दिएको छ ।

आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले प्रधानमन्त्री बालेनलाई यस्तो सुझाव दिएकी हुन । उनले भनिन्, ‘राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा दख्खल पुग्ने गरी दिएको अभिव्यक्तिको आज गम्भीर बहस र विरोध भइरहेको छ, हामीले पटक पटक आग्रह गर्दा पनि जुन भुल प्रधानमन्त्रीले गर्नुभयो त्यो भुल सुधार गरियोस् र क्षमायाचना गरियोस् भनेर भनिरहेका छौँ तर सुनिएन ।’

उनले अतिक्रमित भूमि समेटेर नक्सा जारी गर्दा सत्तापक्ष र प्रतिपक्षको विषय नबनाएको भन्दै राष्ट्रियताका सवालमा । साझा सहमति गरेर अघि बढ्नुपर्ने बताइन् ।

साथै, उनले राष्ट्रियताका सवालमा सङ्कल्प प्रस्ताव पारित गर्दै प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति नसच्चाएसम्म सदन स्थगित गर्न माग समेत गरेकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us