एमाले पुनर्गठन कार्यदलको पहिलो बैठक बस्दै

काठमाण्डु टुडे २०८३ जेठ २५ गते १२:१४ मा प्रकाशित

काठमाण्डू, २५ जेठ– एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले एमाले पुनर्गठन कार्यदलको बैठक बोलाएका छन । कार्यदलको बैठक मङ्गलवार १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाएको एमाले सचिव तथा कार्यदल सदस्य छविलाल विश्वकर्माले जानकारी दिएका छन ।

गत जेठ १० गते सचिवालयको आठौँ बैठकले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरण सहितको पुनर्गठन कार्ययोजना तयार गर्न कार्यदल बनाएको थियो ।

उपाध्यक्ष ‘बादल’ को नेतृत्वको कार्यदल १५ सदस्यीय रहेको छ । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने समय सीमा भए पनि कार्यदल गठन भएको १५ दिनमा बल्ल पहिलो बैठक बस्न लागेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us