निर्वाचनको सम्पूर्ण परिणाम शितल निवासमा

काठमाण्डु टुडे २०७० पुष १८ गते १३:३५ मा प्रकाशित

shital niwasकाठमाण्डु, १८ पुस – निर्वाचन आयोगले ५ सय ७५ सभासदको नामावलीसहित संविधानसभाको दोस्रो निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपति डा. रामवरण यादवलाई बुझाएको छ ।

प्रमुख तिर्वाचन आयुक्त निलकण्ठ उप्रेतिले विहीबार साँझ शितल निवास पुगेर सभासदको नामावलीसहितको सम्पूर्ण परिणामा बुझाएका हुन् ।

प्रत्यक्षतर्फ निर्वाचित २ सय ४० र समानुपातिकतर्फ ३० दलका ३ सय ३५ सभासदको सूची राष्ट्रपतिलाई बुझाइएको निर्वाचन आयोगले जनाएको छ । आयोगले समानुपातिक सूची सच्याउन दिएको समयसीमा सकिएपछि राष्ट्रपतिलाई सबै विवरण बुझाएको हो ।

कुल ६ सय १ जना सभासद रहनेभएपनि २६ जना मन्त्रिपरिषद्ले छनोट गर्न बाँकी रहेकाले ५ सय ७५ जनाको नामावलीमात्रै शितल निवास पुगेको हो । राष्ट्रपतिलाई बुझाइएको सभासदको नामावली अब राजपत्रमा प्रकाशित गरिने छ ।

त्यसपछि संविधानसभाको बैठकको प्रक्रिया सुरु हुनेछ । राजपत्रमा परिणाम प्रकाशित भएको २१ दिनभित्र संविधानसभाको पहिलो बैठक बस्नुपर्ने संवैधानिक ब्यवस्था छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us