सवारी दुर्घटनामा दुईजनाको मृत्यु

काठमाण्डु टुडे २०७० पुष १९ गते २:१८ मा प्रकाशित

काठमाण्डु, १९ पुस–दाङ र चितवनमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

दाङको तुल्सीपुरमा डोजरको ठक्करबाट सहचालकको घटनास्थमै मृत्यु भएको छ । मृत्यु हुनेमा मरवान बस्ने २० बर्षीय प्रशान्त वि.क. रहेका छन् । तुल्सीपुर बसपार्कमा विहीबार बेलुकी अनटेस्ट डोजरले ठक्कर दिँदा विकको घटनास्थलमै मृत्यु भएको हो । डोजर र त्यसको चालकलाई ईलाका प्रहरी कार्यालय तुल्सीपुरले नियन्त्रणमा लिएको छ ।

यसैगरी चितवनको रत्ननगरमा तीव्र गतिमा गुडिरहेको मोटसाइकल अनियन्त्रीत भई पल्टदा चालकको घटनास्थल मै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय २५ बर्षीय प्रबिण खाँण रहेका छन् । विहीबार बेलुकी उज्जल नगरबाट केशरबाग तर्फ जाँदै गरेको लु २ प ४१८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सालको रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us