समाचार

बैठक आह्वानको विषय टुंगाउने दलहरुको तयारी

२०७० पुष २० गते २:५१

काठमाण्डु, २० पुस – संविधानसभाको बैठक कसले आह्वान गर्ने भन्ने विषयको टुंगो लगाउन दलहरुले छलफलको तयारी गरेका छन् । अन्तरिम संविधानमा सरकार प्रमुखले संविधानसभाको बैठक आह्वान गर्ने व्यवस्था भएपनि अन्तराष्ट्रिय मान्यता राष्ट्रप्रमुखले आह्वान गर्नुपर्ने भएकाले दलहरुले छलफलबाटै यस विषयको टुंगो लगाउने तयारी गरेका हुन्...

अञ्चल अस्पतालमा एक्सरे नहुँदा समस्या

२०७० पुष २० गते २:१५

कञ्चनपुर, २० पुस – महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा सञ्चालन हँुदै आएको एक्सरे सेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन् । एक महिनादेखि एक्सरे मेसिन बिग्रिएपछि सेवा बन्द भएको हो । तालिम प्राप्त जनशक्तिको अभावमा अस्पतालका चिकित्सकहरूले नै एक्सरे मेसिन सञ्चालन गर्दै आएको भए पनि...

बाघको उचित व्यवस्थापन गर्न अनुरोध

२०७० पुष २० गते २:१०

चितवन, २० पुस –  चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएर पटकपटक माडीको बस्तीमा आतङ्क मच्चाउँदै आएको पाटे बाघको उचित व्यवस्थापन गर्न निकुञ्जले विभागसँग अनुरोध गरेको छ । मंसिरको दोस्रो साता माडी अयोध्यापुरीको बस्तीबाट बेहोस बनाई नियन्त्रणमा लिइएको बाघ पुनः सोही क्षेत्रमा गएपछि निकुञ्जले अन्यत्रै व्यवस्थापन गर्नुपर्ने...

भट्टराई भन्छन्-‘नेतृत्व सार्वजनिक निगरानीबाट टाढा रहँदा समस्या भयो’

२०७० पुष २० गते १:५२

काठमाण्डु, २० पुस – एकीकृत नेकपा माओवादीका नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व सार्वजनिक निगरानीबाट टाढा रहन नहुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले राजनीतिक नेतृत्व सार्वजनिक निगरानिबाट टाढा रहने प्रवृत्तिले नै राजनीतिक विकृतिहरु पैदा भएको उल्लेख गरेका...

आइतबारदेखि अदालत विहान ९ बजे खुल्ने

२०७० पुष २० गते १:५०

काठमाण्डु, २० पुस– आइतबारदेखि सर्वोच्च तथा मातहतका सबै अदालतहरु विहान ९ बजेदेखि खुल्ने भएका छन् । सरकारले प्रोत्साहन भत्ता दिने भएपछि अदालत चाँडै खुल्ने भएका हुन् । न्यायालयका कर्मचारीले गत फागुनदेखि प्रोत्साहन भत्ता लिँदै आएका छन् । सर्वोच्च अदालतका शाखा अधिकृत देवेन्द्र ढकालले सर्वोच्चका...

घोराही–लमही सडकखण्ड १७ दिन बन्द हुने

२०७० पुष २० गते १:२४

दाङ, २० पुस – शनिबारदेखि आगामी माघ ७ गतेसम्मका लागि दाङको घोराही–लमही सडकखण्ड अवरुद्ध हुने भएको छ । घोराही–लमही सडकखण्ड अन्तर्गत पर्ने मसोटको उकालोमा बाटो मर्मत गर्न लागिएकाले सो सडकखण्ड १७ दिनसम्मका लागि अवरुद्ध हुने भएको हो । सो सडकखण्ड अवरुद्ध भएपछि सदरमुकाम घोराही...

सुर्खेतमा थारु संग्रहालय स्थापनाको माग

२०७० पुष २० गते १:१६

सुर्खेत, २० पुस – लाटिकोइली–६ पातलगङ्गामा भएको थारुहरूको भेलाले सुर्खेतमा थारु संग्रहालय स्थापना गर्नुपर्ने माग गरेको छ । सुर्खेत उपत्यकाकै आदिवासी थारु जातिको मौलिक पहिचानका सांस्कृतिक वस्तु, हस्तकला, पुराना गरगहना, चालचलन, रीतिरिवाजमा प्रयोग गरिएका चिज दिनप्रतिदिन लोप हुँदै गइरहेकाले यसको संरक्षणको लागि संग्रहालय स्थापना...

राप्रपा नेपालका ५ केन्द्रीय सदस्य निष्कासित

२०७० पुष १९ गते १४:०२

काठमाण्डु, १९ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पार्टी विधान, नीति तथा हित विपरित आचरण र क्रियाकलाप गरेको भन्दै पाँच जना केन्द्रीय सदस्यलाई पार्टीबाट निष्कासन गरेको छ । राप्रपा नेपालले पार्टी अनुशासन विपरित काम गरेको भन्दै केन्द्रीय सदस्य श्याम तिमल्सिना, बालकृष्ण न्यौपाने, गणेश शेरचन, शास्त्रदत्त...

सेना भित्रको महिला हिंसामा ‘शून्य सहनशीलता’

२०७० पुष १९ गते १३:५३

काठमाण्डु, १९ पुस- नेपाली सेनाले अनुशासन तथा आचरण कायम राख्न तथा सुरक्षित, मर्यादित र समान वातावरण सिर्जना गर्ने उद्देश्यले लैङ्गीक आचरणसम्बन्धी निर्देशिका २०७० र महिला सैनिक निर्देशिका २०७० लागू गरेको छ । नयाँ निर्देशिकाले आ–आफ्नो कार्यस्थलमा महिलामैत्री वातावरण सिर्जना गरी महिलाबिरुद्ध हुनसक्ने कुनै पनि...

गैरकानुननी भिओआइपी चलाउने बंगलादेशी पक्राउ

२०७० पुष १९ गते १३:४६

काठमाण्डु, १९ पुस– गैरकानुनी रुपमा ‘भ्वाइस ओभर इन्टरनेट प्रोटोकल’ (भिओआइपी) सञ्चालन गरेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरोले एक जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । ब्युरोको टोलीले काठमाण्डु महानगरपालिका ३ लोसाल जनमार्गस्थित गीताकुमारी जोशीको घर भाडामा लिएर ‘कल बाइपास’ गरेको अभियोगमा गएराति बंगलादेशका नागरिक तबराकुल...

संविधानसभा अदालतमा सुनुवाइ प्रारम्भ

२०७० पुष १९ गते १३:०९

काठमाण्डु, १९ पुस – संविधानसभा अदालतमा निर्वाचनका सम्बन्धमा परेका उजुरीहरुको सुनुवाइ प्रारम्भ भएको छ । विभिन्न क्षेत्रबाट परेका २० उजुरीमध्ये निर्वाचनमा धाँधली गरिएको भन्दै सोलुखुम्बुबाट निर्वाचित नेपाली काँग्रेसका सभासद् बलबहादुर केसी विरुद्ध परेको उजुरीको शुक्रबार सुनुवाई भएको छ । केसीलाई अदालतले अन्तिम निर्णय नभएसम्म...

बस र ट्रक ठोक्किँदा पाँचजना घाइते

२०७० पुष १९ गते १३:०२

दाङ, १९ पुस – दाङमा शुक्रबार ट्रक र बस एकआपसमा ठोक्किँदा ५ जना गम्भीर घाईते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ४८६९ नम्बरको ट्रक र लमहीबाट पूर्वतर्फ गईरहेको ना २ ख ९६४४ नम्बरको बस चैलाही–८ मजगाउँ नजिकै एकआपसमा ठोक्किएर दुर्घटना...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us