समाचार

कठ्यांग्रिएर एकको मृत्यु

२०७० पुष २१ गते ९:५८

पर्सा, २१ पुस– तराईमा बढ्दै गएको चिसाका कारण ४५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । पर्साको गाविस देवरबाना ४ घर भई वीरगन्ज उपमहानगरपालिका वडा नं १३ रानीघाटमा बस्दै आएका जगरनाथ दास थारुको चिसोले कठयांग्रिएर मृत्यु भएको हो । शनिबार रातिदेखि सम्पर्क बाहिर रहेका...

चरेश बनाउने धुलो बरामद

२०७० पुष २१ गते ९:१२

वीरगन्ज, २१ पुस– प्रहरीले पर्साको बहुअर्वाभाठा गाविस ३ बाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध चरेश बनाउने धुलो बरामद गरेकोे छ । बहुअर्वा बजारदेखि करिब सय मिटर पूर्व र मुख्य सडकदेखि दक्षिणतर्फ फोहर थुपार्ने टहराभित्र बेवारिसे अवस्थामा छ वटा बोरामा लुकाई राखिएको २ सय २० किलो...

कांग्रेस एमाले मिलेर सरकार बनाउनुपर्छ : भारत

२०७० पुष २१ गते ९:०१

काठमाण्डु, २१ पुस – भारतीय कांग्रेस आईका विदेश विभाग प्रमुख डा करण सिंहले नेपालमा कांग्रेस र एमाले मिलेर सरकार गठन गर्नु पर्ने बताएका छन । उनले नेपालमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नु पर्ने आवश्यकता भए पनि त्यसले समय लिने भएकोले एमाओवादी र मधेसवादी दलहरुसँगको...

एमाले नेता रघुजी पन्तलाई पितृ शोक

२०७० पुष २१ गते ८:४४

काठमाण्डु, २१ पुस–नेकपा एमालेका पोलिट्ब्युरो सदस्य रघु पन्तलाई पितृ शोक परेको छ । रघुको बुवा ओमकारनाथ पन्तको ७५ बर्षको उमेरमा आइतबार दिउँसो निधन भएको छ । विजेश्वरीस्थित आफ्नै निवासमा ओमकारनाथको निधन भएको हो । उनको आजै साँझ पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको...

बसको ठक्करबाट रुपन्देहीमा दुईजनाको मृत्यु

२०७० पुष २१ गते ८:०७

बुटवल, २१ पुस–रुपन्देहीको छिपागढमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको आइतबार मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासीका ४५ बर्षीय प्रमात्म ठाकुर र पछाडि सवार सोही ठाउँकी २५ बर्षीया रीना ठाकुर रहेका छन् । प्रमात्मको घटनास्थलमै र रीनाको उपचारको लागि अस्पताल लैजादै गर्दा...

सरकारको नेतृत्व लिन कोइरालालाई अमेरिकाको सुझाव

२०७० पुष २१ गते ६:४१

काठमाण्डु, २१ पुस–नेपाली काँग्रेसका सभापति सभापति सुशील कोईरालाले सबैलाई सहमतिमा लिएर सरकार गठन र संविधान निर्माणलाई निष्कर्षमा पुर्याउने बताएका छन् । नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडेलाई आइतबार विहान आफ्नै निवासमा भेट्दै कोइरालाले सहमतिकै आधारमा नेपालको राजनीति अघि बढ्ने बताएका हुन् । राजदूत...

राजनीतिक प्रस्ताव लेख्दा लेख्दै भारतीय राजदुत रन्जित रेलाई किन भेटे प्रचण्डले ?

२०७० पुष २१ गते ६:३६

काठमाण्डु, २१ पुस– एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि भारतीय राजदुत रन्जित रे बीच आइतबार विहान भेटवार्ता भएको छ । आगामी केन्द्रीय समिति बैठकको लागि राजनीतिक प्रस्ताव तयार पार्न प्रचण्ड व्यस्त रहेकोबेला भारतीय राजदूत रेले भेटवार्ता गरेका हुन् । राजनीतिक...

राष्ट्रपति–विजुक्छे भेट

२०७० पुष २१ गते ६:३४

काठमाण्डु, २१ पुस–राष्ट्रपति रामवरण यादवले राजनीतिक परामर्श जारी राखेका छन् । उनले आइतबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेसँग भेटवार्ता गरेका छन् । राष्ट्रपतिको कार्यालय शितल निवासमा भएको भेटमा संविधानसभाको बैठक आह्वान गर्नेबारे छलफल भएको नेमकिपा अध्यक्ष विजुक्छेले जानकारी दिए । उनका अनुसार...

दाङ देउखुरीका डुबान पीडित काठमाण्डुमा

२०७० पुष २१ गते ५:१६

काठमाण्डु, २१ पुस– दाङको देउखुरीलाई डुवान मुक्त बनाउन तयार पारिएको ८४ करोड बढीको गुरुयोजना कार्यान्वयनको लागि सरकारलाई दवाव दिन देउखुरीको एक प्रतिनिधि मण्डल काठमाण्डु आएको छ । जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमहीले लालमटीया, सिसहनिया, सोनपुर, चैलाहीलगायत देउखुरीका गाविसलाई दीर्घकालीन रुपमा डुबानबाट बचाउन खोला तथा...

दुर्घटनामा दुई जनाको मृत्यु

२०७० पुष २१ गते ५:०५

धरान, २१ पुस– सुनसरी र सप्तरीमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । सुनसरीको हरिपुर ८ भण्टाबारीमा आइतबार विहान बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । काठमाण्डुबाट धरानको लागि छुटेको ना ५ ख ६०१ नम्बरको बसको ठक्करबाट...

संविधानसभा बैठकको सबै तयारी पूरा

२०७० पुष २१ गते २:३९

काठमाण्डु, २१ पुस–संविधानसभा बैठकको लागि सबै तयारी पूरा भएको छ । नयाँबानेश्वरस्थित संविधानसभा तथा व्यवस्थापिका संसदको बैठक कक्ष, संसदीय समितिका कार्यालय, सभामुखको कार्यकक्ष, संसदीय दलहरुको कार्यालय लगायतका सबै भौतिक तथा प्राविधिक तयारी पूरा भएको हो । यसैगरी सूचना केन्द्र र आन्तरिक प्रणाली लगायत सबै...

लोडसेडिङ बढ्यो, सातामा ८० घण्टा विद्युत कटौती

२०७० पुष २१ गते २:०४

काठमाण्डु, २१ पुस–नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयावधी फेरि बढाएको छ । प्राधिकरणले आइतबारदेखि लागू हुने गरी सातामा ८० घण्टा विद्युत कटौती गरेको हो । प्राधिकरणको नयाँ लोडसेडिङ तालिका अनुसार आइतबारदेखि दैनिक सरदर १२ घण्टासम्म बत्ति जानेछ । यसअघि दैनिक ९ घण्टासम्म लोडसेडिङ हुदै आएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us