
काठमाण्डु, २१ पुस– एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि भारतीय राजदुत रन्जित रे बीच आइतबार विहान भेटवार्ता भएको छ । आगामी केन्द्रीय समिति बैठकको लागि राजनीतिक प्रस्ताव तयार पार्न प्रचण्ड व्यस्त रहेकोबेला भारतीय राजदूत रेले भेटवार्ता गरेका हुन् ।
राजनीतिक प्रस्ताव तयार नपारुन्जेलसम्म कसैसँग नभेट्ने निर्णय गरेका प्रचण्डले भारतीय राजदूत रेलाई भने भेट्न समय निकालेका छन् । विहान ११ बजेतिर प्रचण्ड निवास लाजिम्पाट पुगेका राजदुत रेले झण्डै एक घण्टा त्यही समय बिताएका थिए ।
भेटमा समसामयीक राजनीतिक परिस्थितिमा छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
स्रोतका अनुसार राजुदत रेले संविधान निर्माणमा एकीकृत माओवादीको भुमिकाबारे जिज्ञासा राखेका थिए । जवाफमा प्रचण्डले सहमतिको आधारमा संविधान निर्माण गरिने बताएका थिए ।