प्रतिनिधिसभा बैठक भोलिसम्मलाई स्थगित

काठमाण्डु टुडे २०८३ जेठ २५ गते १५:४८ मा प्रकाशित

काठमाण्डू, २५ जेठ– प्रतिनिधिसभा बैठक भोलि (मंगलबार) सम्मलाई स्थगित भएको छ । सोमबार १५ मिनेटका लागि स्थगित भएको बैठक भोलिसम्मलाई सूचना टाँस गरी स्थगित भएको जानकारी गराइएको हो ।

‘१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली ०८३ को नियम ६ को उपनियम ३ बमोजिम सभामुखले सभाको बैठक जेठ २६ गते मंगलबार दिनको साढे १ बजे बस्ने गरी निर्धारण गर्नु भएको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रधानमन्त्री बालेन शाह (बालेन)ले केही दिनअघि संसद्‌बाटै नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएसँगै विपक्षीहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आइरहेका छन् । विपक्षी दलले प्रधानमन्त्रीले आफ्नो भनाइ संसद्‌मै आएर सच्याउनुपर्ने अडान कायमै राखेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us