
पर्सा, २१ पुस– तराईमा बढ्दै गएको चिसाका कारण ४५ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।
पर्साको गाविस देवरबाना ४ घर भई वीरगन्ज उपमहानगरपालिका वडा नं १३ रानीघाटमा बस्दै आएका जगरनाथ दास थारुको चिसोले कठयांग्रिएर मृत्यु भएको हो ।
शनिबार रातिदेखि सम्पर्क बाहिर रहेका थारु पर्साको गाविस प्रसौनी विर्ता वडा नं ८ को खेतमा आइतबार विहान मृत अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
मृतक थारुको शव परीक्षणका लागि वीरगन्जको नारयणी उपक्षेत्रीय अस्पताल लगिएको छ । रासस