बसको ठक्करबाट रुपन्देहीमा दुईजनाको मृत्यु

काठमाण्डु टुडे २०७० पुष २१ गते ८:०७ मा प्रकाशित

बुटवल, २१ पुस–रुपन्देहीको छिपागढमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको आइतबार मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासीका ४५ बर्षीय प्रमात्म ठाकुर र पछाडि सवार सोही ठाउँकी २५ बर्षीया रीना ठाकुर रहेका छन् ।

प्रमात्मको घटनास्थलमै र रीनाको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटो मै मृत्यु भएको हो । परासीबाट रुपन्देहीको लागि छुटेको लु ११ प २३९९ नम्बरको मोटरसाइकललाई बिपरीत दिशाबाट आउदै गरेको ना ४ ख ६०६९ नम्बरको बसले विहान नौं बजे ठक्कर दिदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै सवारी साधन र बस चालकलाई इलाका प्रहरी कार्यालय धकधईले नियन्त्रणमा लिएको छ ।

यसैगरी काठमाण्डुको कलङ्कीमा मोटरसाईकलको ठक्करबाट एक महिला पैदलयात्री घाईते भएकी छिन् । बल्खुबाट कलङ्कीतर्फ जाँदै गरेको बा ४३ प ७३३५ नम्बरको मोटरसाईकलले आइतबार विहान १० बजे ठक्कर दिदा कलङ्की बस्ने ४५ बर्षीया पार्वती अधिकारी घाइते भएकी हुन् । अधिकारीको शहिद मेमोरीयल अस्पताल कलंकीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us