दुर्घटनामा दुई जनाको मृत्यु

काठमाण्डु टुडे २०७० पुष २१ गते ५:०५ मा प्रकाशित

धरान, २१ पुस– सुनसरी र सप्तरीमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् ।

सुनसरीको हरिपुर ८ भण्टाबारीमा आइतबार विहान बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । काठमाण्डुबाट धरानको लागि छुटेको ना ५ ख ६०१ नम्बरको बसको ठक्करबाट स्थानीय ७५ बर्षीय मुसाइ मियाको मृत्यु भएको छ । ठक्करबाट घाइते भएका मियाँको इनरुवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी सप्तरीको रायपुरमा मोटरसाईकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ३८ बर्षीया सुल कुमारी देवी यादव रहेकी छिन् ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको रायपुर ८ मा ना २० प ६५६४ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी यादवको बि.पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराती मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाईकल चालक स्थानिय ३८ बर्षीय शेखर बस्नेत, पछाडि सवार ३२ बर्षीया ईन्द्रा कटुवाल र साईकल चालक राजकुमार यादवसमेत घाईते भएका छन् । घाईतेहरुको सोहि अस्पतालमा उपचार भैरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us