लोडसेडिङ बढ्यो, सातामा ८० घण्टा विद्युत कटौती

काठमाण्डु टुडे २०७० पुष २१ गते २:०४ मा प्रकाशित

काठमाण्डु, २१ पुस–नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयावधी फेरि बढाएको छ । प्राधिकरणले आइतबारदेखि लागू हुने गरी सातामा ८० घण्टा विद्युत कटौती गरेको हो ।

प्राधिकरणको नयाँ लोडसेडिङ तालिका अनुसार आइतबारदेखि दैनिक सरदर १२ घण्टासम्म बत्ति जानेछ । यसअघि दैनिक ९ घण्टासम्म लोडसेडिङ हुदै आएको थियो ।

सुक्खायाम शुरु भएको, पानीको स्रोत घटेर विद्युत कम उत्पादन भएको र जाडोमा अत्यधिक विद्युत खपत हुने गरेकाले बाध्य भएर लोडसेडिङ बढाउनु परेको प्राधिकरणले जनाएको छ ।

loadshedding-final-new

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us