चरेश बनाउने धुलो बरामद

काठमाण्डु टुडे २०७० पुष २१ गते ९:१२ मा प्रकाशित

वीरगन्ज, २१ पुस– प्रहरीले पर्साको बहुअर्वाभाठा गाविस ३ बाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध चरेश बनाउने धुलो बरामद गरेकोे छ ।

बहुअर्वा बजारदेखि करिब सय मिटर पूर्व र मुख्य सडकदेखि दक्षिणतर्फ फोहर थुपार्ने टहराभित्र बेवारिसे अवस्थामा छ वटा बोरामा लुकाई राखिएको २ सय २० किलो चरेश बनाउने धुलो बरामद गरेएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तस्कर समूहले नेपालबाट चरेश भारततर्फ लाने तयारी गरिरहेको भन्ने प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी गस्ती टोलीले उक्त परिमाणको चरेश बनाउने धुलो बरामद गरेको हो ।

बरामद धुलो कसले र किन लुकाइराखेका हो भन्नेबारे अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक वासुुदेव खतिवडाले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us