
काठमाण्डु, २१ पुस–नेपाली काँग्रेसका सभापति सभापति सुशील कोईरालाले सबैलाई सहमतिमा लिएर सरकार गठन र संविधान निर्माणलाई निष्कर्षमा पुर्याउने बताएका छन् । नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडेलाई आइतबार विहान आफ्नै निवासमा भेट्दै कोइरालाले सहमतिकै आधारमा नेपालको राजनीति अघि बढ्ने बताएका हुन् ।
राजदूत बोडेले ठूलो पार्टी र ठूलो नेताको हैसियतले सबै दलहरुलाई मिलाएर लैजान कोईरालालाई सुझाव दिएका थिए । जवाफमा कोइरालाले सबैसँग सहमतिको प्रयास भैरहेको जानकारी गराएका थिए ।
दलहरुको सहमतिमै सबै राजनीतिक उपलब्धि भएको भन्दै अब पनि सहमतिमै संविधानसभाको पहिलो बैठक बोलाउने र सरकार गठन गरि संविधान निर्माणको काममा लाग्ने सभापति कोईरालाको भनाइ थियो ।
स्रोतका अनुसार राजदुत बोडेले सरकारको नेतृत्व आफै लिन कोइरालालाई सुझाव दिएका थिए । कोइरालाले भने त्यसको लागि राजदुत बोडेलाई धन्यवाद दिएका थिए ।