
दाङ, २० पुस – शनिबारदेखि आगामी माघ ७ गतेसम्मका लागि दाङको घोराही–लमही सडकखण्ड अवरुद्ध हुने भएको छ ।
घोराही–लमही सडकखण्ड अन्तर्गत पर्ने मसोटको उकालोमा बाटो मर्मत गर्न लागिएकाले सो सडकखण्ड १७ दिनसम्मका लागि अवरुद्ध हुने भएको हो ।
सो सडकखण्ड अवरुद्ध भएपछि सदरमुकाम घोराही पुग्न अमेलिया–तुलसीपुर सडकखण्डलाई प्रयोग गरिएको छ । वैकल्पिक मार्गको दुरी लामो भएकाले घोराहीदेखि लमहीसम्मको लागि १ सय ५५ रुपैयाँ भाडा तोकिएको छ ।
यसअघि घोराही–लमहीसम्मको भाडा ५५ रुपैयाँ मात्रै थियो ।