बस र ट्रक ठोक्किँदा पाँचजना घाइते

काठमाण्डु टुडे २०७० पुष १९ गते १३:०२ मा प्रकाशित

दाङ, १९ पुस – दाङमा शुक्रबार ट्रक र बस एकआपसमा ठोक्किँदा ५ जना गम्भीर घाईते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ४८६९ नम्बरको ट्रक र लमहीबाट पूर्वतर्फ गईरहेको ना २ ख ९६४४ नम्बरको बस चैलाही–८ मजगाउँ नजिकै एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परि गम्भीर घाईते हुनेहरुमा ट्रक चालक रुपन्देहीका २७ वर्षिय गोपाल सुनुवारलाई उपचारका लागि बुटवल लगिएको वडा प्रहरी कार्यालय लमहीले जानाएको छ ।

त्यसैगरी लालमटिया पाखापानीका ५६ वर्षिय शेषमणी शर्मा, सोही ठाउँकी ६८ वर्षिया हुकुमा शर्मा, घोराही ६ मसिनाका २३ वर्षिया मधु केसी र सोही ठाउँका ४५ वर्षिया साबी केसीको घोराही उपक्षेत्रीय अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us