सेना भित्रको महिला हिंसामा ‘शून्य सहनशीलता’

काठमाण्डु टुडे २०७० पुष १९ गते १३:५३ मा प्रकाशित

nepal-army-logoकाठमाण्डु, १९ पुस- नेपाली सेनाले अनुशासन तथा आचरण कायम राख्न तथा सुरक्षित, मर्यादित र समान वातावरण सिर्जना गर्ने उद्देश्यले लैङ्गीक आचरणसम्बन्धी निर्देशिका २०७० र महिला सैनिक निर्देशिका २०७० लागू गरेको छ ।

नयाँ निर्देशिकाले आ–आफ्नो कार्यस्थलमा महिलामैत्री वातावरण सिर्जना गरी महिलाबिरुद्ध हुनसक्ने कुनै पनि कार्यलाई शून्य सहनशीलता नीतिको प्रभावकारी कार्यान्वयन गर्न मद्धत पुग्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यसैगरी महिला सैनिक निर्देशिकाले नेपाली सेनामा सेवारत महिलाहरूलाई तोकिएको समूहमा नियुक्ति भई काम गर्न, उक्त समूहको सेवा सुविधा प्राप्त गर्न, सो समूहको माथिल्लो तहसम्म क्षमता तथा योग्यताको आधारमा बे–रोकतोक वृत्ति विकासको सुनिश्चितता प्रदान गर्नेछ ।

महिला सैनिकहरूको लैङ्गीक अधिकार, सुरक्षा र वृत्ति विकासलाई संरक्षण गर्नुपर्ने दायित्व महसुस गरी नेपाली सेनाले संविधानले संरक्षण गरेका महिलाहरूको अधिकार सुनिश्चित गर्ने र अन्तर्राष्ट्रिय महासन्धिको भावना अनुसारको नीति अवलम्बन गर्दै दुई निर्देशिकाहरू लागू गरिएको निर्देशनालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us