भट्टराई भन्छन्-‘नेतृत्व सार्वजनिक निगरानीबाट टाढा रहँदा समस्या भयो’

काठमाण्डु टुडे २०७० पुष २० गते १:५२ मा प्रकाशित

काठमाण्डु, २० पुस – एकीकृत नेकपा माओवादीका नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व सार्वजनिक निगरानीबाट टाढा रहन नहुने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले राजनीतिक नेतृत्व सार्वजनिक निगरानिबाट टाढा रहने प्रवृत्तिले नै राजनीतिक विकृतिहरु पैदा भएको उल्लेख गरेका हुन् ।

पार्टी र राज्यको नेतृत्वलाई निरन्तर आम जनताको निगरानिमा राखेर नै नेतृत्वलाई बिग्रनबाट जोगाउन सकिने उनको धारणा छ ।

Untitled-1

आफूलाई कतिपयले राज्यको उच्च तहमा पुगेको व्यक्ति सामाजिक संजालमा उपस्थित हुनु र सार्वजनिक आलोचना खेप्नु त्यति उपयुक्त हुन्न भन्ने सुझव दिने गरेको भन्दै उनले आफू त्यो भनाईसँग सहमत हुन नसक्ने बताएका छन् ।

‘सामाजिक सञ्जाल एउटा ठूलो विश्वविद्यालय हो, भट्टराईले भनेका छन् ‘यसबाट नभागौं, यसलाई सामना गर्ने साहस गरौं ।’

यद्यपि आलोचना सिर्जनात्मक ढंगले गर्नुपर्ने र मर्यादित तथा शिष्ट भाषको प्रयोग गर्नुपर्ने उनको सुझाव छ । करिव एकवर्ष अघिदेखि भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us