
चितवन, २० पुस – चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएर पटकपटक माडीको बस्तीमा आतङ्क मच्चाउँदै आएको पाटे बाघको उचित व्यवस्थापन गर्न निकुञ्जले विभागसँग अनुरोध गरेको छ ।
मंसिरको दोस्रो साता माडी अयोध्यापुरीको बस्तीबाट बेहोस बनाई नियन्त्रणमा लिइएको बाघ पुनः सोही क्षेत्रमा गएपछि निकुञ्जले अन्यत्रै व्यवस्थापन गर्नुपर्ने भन्दै विभागसँग आग्रह गरेको हो ।
बस्तीमा दोहो¥याएर पसेपछि दुई दिनअघि मात्रै बाघलाई निकुञ्जको प्राविधिक टोलीले पुनः नियन्त्रणमा लिएको थियो । एक पटक नियन्त्रणमा लिएर निकुञ्जको अर्काे क्षेत्रमा छाडिएको बाघ पुनः सोही स्थानमा गएपछि निकुञ्जमा राख्न उपयुक्त नभएको निष्कर्ष संरक्षणकर्मीले गरेका छन् ।
निकुञ्ज स्रोतका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज या चिडियाखानामा बाघ लैजानुपर्ने प्रस्ताव गरिएको छ । एउटा केही वर्षदेखि पालिएको छ भने अर्काे घाइते बाघको उपचार चलिरहेको छ ।
पुनः बस्तीमा दोहोरिएर गएकाले व्यवस्थापन गर्न निकुञ्ज विभागलाई भनिएकोमा कुनै निर्णय नआएको चितवन निकुञ्जका प्रवक्ता टीकाराम पौडेलले जानकारी दिए । पछिल्लो गणनाअनुसार हाल नेपालमा १९८ बाघ रहेका छन् । चितवन निकुञ्जमा मात्रै १२० वटा बाघ छन् ।