
काठमाण्डु, १८ पुस- नेपाल विद्युत प्राधीकरणले आइतबारदेखि दैनिक १२ घण्टा लोडसेडिङ गर्ने भएको छ । प्राधिकरणाले साताको ८० घण्टा लोडसेडिङ गर्ने तयारी गरेको हो ।
प्राधिकरणले पुस २१ गतेदेखि लागू हुनेगरी बनाएको नयाँ तालिका अनुसार सातामा तीन दिन १२ घन्टा र बाँकी चार दिन ११ घन्टाका दरले विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।
यसअघि प्राधिकरणले दैनिक ९ घन्टा विद्युत कटौति गर्दै आएको थियो।