
वीरगन्ज, १९ पुस– एमाले नेता माधवकुमार नेपालले संविधानसभाको बैठक कसले बोलाउने भन्ने विषयमा आग्रह र पूर्वाग्रहभन्दा पनि संविधानको भावना र प्रक्रियाअनुरुप नै बोलाउँदा उपयुक्त हुने बताएका छन् ।
वीरगञ्जमा भएको कार्यक्रममा नेता नेपालले संविधानको भावना अनुसार नै सबै चल्नुपर्ने भएकाले बैठक बोलाउने विषयमा विवाद गर्नु आवश्यक नभएको बताए ।
उनले लोकतान्त्रिक र प्रगतिशील संविधान निर्माण गरी मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरण गर्नु नै एमालेको मूल लक्ष्य भएको भन्दै सबै क्षेत्र र तप्काका नागरिकको चाहना र भावनालाई सम्मान हुने गरी आगामी एक वर्षभित्र लोकतान्त्रिक र प्रगतिशील संविधान निर्माण गरेर मुलुकलाई समृद्धितर्फ लैजाने बताए ।